काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको छ ।
समायोजन गरिएको नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको उपाध्यायको दावी छ । निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । एक साताको बीचमा निगमले तेलको २ पटक मूल्य वृद्धि गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) को फेब्रुअरी १६ फेब्रुअरीको मूल्यको आधारमा मंगलबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको उपाध्यायले जनाए ।मूल्य समायोजनपछि पनि निगमलाई अर्धमासिक रुपमा १ अर्ब ७ करोड ८६ लाख रुपैयाँ नोक्सान हुने उपाध्यायले जानकारी दिए ।
समायोजनपछि पनि पेट्रोलमा लिटरको ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र एलपीजी ग्यासमा प्रतिसिलिण्डर २९५ रुपैयाँ ८३ पैसा घाटामा रहेको निगमले दावी गरेको छ । सो नोक्सान स्थिर कोष र सञ्चित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइने जानकारी निगमले गराएको छ ।
मूल्य बढाएपछि पनि भारतमा भन्दा नेपालमा पेट्रोल लिटरको ३५ रुपैयाँ २९ पैसा र डिजल ४१ रुपैयाँ ४३ पैसा सस्तो रहेको निगमले जानकारी दिएको छ ।
एक साताको बीचमा निगमले २ पटक मूल्य वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) को फेब्रुअरी १६ फेब्रुअरीको मूल्यको आधारमा मंगलबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ ।
