काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा लगायतका सिमका मुख्य विशेषता हुन ।
सिम योजना शुक्रबार फागुन १४ बाट सञ्चालनमा आएको हो । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । यस अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।
सहयात्रीसिमको उदेश्य वैदेशिक रोजगारीमाजाने सोच बनाएकाहरुलाई रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्याउने रहेको छ । यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्धत गर्ने किसिमका छन् ।
नेपालमा नै रहेको समयमा यहाँ रोजगारीका अवसर खोज्न एनसेल जबसपले मद्धत गर्दछ । त्यसैगरी लोकल दरमा नेपालबाट भारतमा कल गर्न सकिने अफर पनि रहेको कम्पनीले जनाएको छ ।
यो सिम ग्राहकले कर सहित मात्र ९९ रुपैयाँमा लिन सक्नेछन् । यस्तै, सिमसँगै २० रुपैयाँ मेन ब्यालेन्स, एक साताकोलागि २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाईन्छ ।
सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफु रहेको देश भित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ् सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।
यो सिमअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कलआयो पैसा पायो’ अफरमा सहभागीहुन सक्नेछन् । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामापनि मिस्ड कलदिन सकिने सुविधा रहेको छ । साथै, कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक १ रुपैयाँ ९९ पैसामा प्रतिमिनेट कल गर्न सकिने सुविधा छ ।
यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिनापछि ग्राहकले मासिक ५० प्रतिशत छुटमा चलाउन सक्छन् । सहयात्री सिम लिन ग्राहकको नागरिकता र एक प्रतिफोटो आवश्यक पर्दछ । यो सिम आफुलाई पायक पर्ने एनसेल सेन्टर वाएनसेलको आधिकारिक बिक्रेताबाट लिन सक्छन् ।