काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ मेक इन नेपाल–स्वदेशी अभियानलाई प्राथमिकताका साथ अगाडी बढाएको छ ।
सोमबार परिसंघका अध्यक्ष सतिशकुमार मौरको नेतृत्वमा गएको परिसघका पदाधिकारीहरुले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई कार्यक्रमक्षमा भेट गरी ‘मेक इन नेपाल’ स्वदेशी अभियानका सम्बन्धमा छलफल गरेको छ।
परिसंघका अध्यक्ष मारने यो अभियानले स्वदेशी उत्पादन बाद गन, व्यवसायको प्रतिस्पर्धात्मक छमता महाउन र नेपाली बस्तु र मेमाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल स्वदेशी’ अभियान सुरु गरेको बताए । परिसंघको बन अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा उनको धारणा थियो ।
अभियानमा सरकारले स्वामित्व ग्रहण गरी स्वदेशी उद्यीगहरुको स्थापना र उद्योगारूलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पने धारणा राखे । परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई नेपाल सरकारले स्वामित्व लिई तुरुन्त यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।
मन्त्रीसँगको छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाल परिसंघले तयार पारेको अवधारणामा सम्बन्धमा प्रस्तुति गरे । उनले परिसंघले अगाडी सारेको अवधारणा महत्वकांक्षी देखिए पान परिसंघले मुख्य गरी ४ बटा आर्थिक खम्बालाइ बढी प्राथमिकतामा राखको बताए ।
विशेषगरी अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने महान लक्ष्य लिएको छ । परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा बार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने र कुल गाहस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने अग्रवालले बताए ।
अर्थमन्त्री विष्णप्रसाद पौडेलले परिसंघले अगाडी सारेको अवधारणामा राम्रो रहेको बताउँदै समग्र राष्ट्रिय आवश्यकतालाई महशुस गरी यसलाई व्यवहारिक बनाउनका लागि अन्तरसंवादलाई निरन्तरता दिनु पर्ने धारणा राखे । अभियानमा नीजि क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलो र परिपूरक बनाउनु पर्ने बताए ।