काठमाडौं । एबी इन्बेभको विश्वव्यापी ब्राण्ड, बियर बड्वाइजरको नेपालमा बिक्री सुरु भएको छ । जावलाखेल ग्रुप अफ कम्पनीज अन्तर्गतको राज ब्रुअरीले विश्वविख्यात बियरको नेपालमा बिक्री सुरु गरेको हो ।
एबी इन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्नका लागि उपभोक्ता विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने उद्देश्यका साथ बड्वाइजरले बिक्री सुरु गरेको कम्पनीले जनाएकाे छ ।
अन्हाइजर बुस इन्बेभ (एबी इन्बेभ) संसारको अग्रपंक्तिको बेभरेज कम्पनीले दक्षिण एसियामा आफ्नो उपस्थिति सुदृढ गर्दै नेपालमा ग्लोबल ब्राण्ड बड्वाइजरको विस्तार गरेको जनाइको छ ।
अमेरिकी शैलीको सो बियरले १ सय ५० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरु बिक्री वितरण गर्दै आएको छ । बड्वाइजर सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ ।
प्राकृतिक कार्बोनेसन, बीचवुड एजिङ र लामो समयसम्म प्रशोधन (बु्र) गरी तयार गरिने भएकाले बड्वाइजरमा राम्रो सन्तुलन र स्वाद उपभोक्ताले पाउने छन् ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका कार्यकारी निर्देशक सशीन जोशी भन्छन्, “नेपाली उपभोक्तालाई उत्कृष्ट र सर्वश्रेष्ठ गुणस्तरका उत्पादनहरुको अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध छ ।”
एबी इन्बेभ भारत र दक्षिण पूर्व एसियाका अध्यक्षले भने, ‘हामी नेपालमा हाम्रा उपभोक्ताहरूका लागि बड्वाइजर सबैभन्दा लोकप्रिय ग्लोबल बियर ब्राण्ड हो भनेर परिचय गराउन पाउँदा खुसी छौं ।
बढ्दो युवा जनसंख्या र बियर रुचाउने जमातका कारण नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण बजार रहेको छ । नेपालको प्रतिष्ठित ब्रुअरी, राज ब्रुअरीसँगको हाम्रो सहकार्यले नेपालमा हाम्रो प्रतिबद्धता जाहेर गर्छ ।’
एबी इन्बेभले जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको राज ब्रुअरीले प्रालिसँगको साझेदारीमा फोस्टर्स बियर प्रवेश गराएको हो । बियरको राजा मानिने बड्वाइजर, सुरुवातमा काठमाडौं उपत्यका र विस्तारै मुलुकभर उपलब्ध हुने छ । उक्त ब्रुअरीले सन् २०१८ देखि जर्मनीको आइकनिक ब्राण्ड, वार्सटाइनर प्रिमियम जर्मन बियर उत्पादन गर्दै आएको छ ।