काठमाडौं । क्रिएसन र कोका–कोला फाउन्डेशनले बोतलर्स नेपाल (तराई)सँगको सहाकार्य सफाइकर्मीको लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा राम्रो र स्वस्थ विश्वको उत्सवको विषयवस्तुलाई सुनिश्चित गर्दै सो शिविर सञ्चालन गरिएको हो ।
कामको समयमा र काम सकिएपछि सुरक्षा उपायहरु, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यावसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाका लागि आगो निभाउने उपकरण र अन्य सुरक्षा उपकरणहरुको प्रयोग सम्बन्धि तालिम दिइएको छ ।
सुरक्षा गियरसहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्स, पनि सफाईकर्मीलाई प्रदान गरिएको छ । साथै सफाईकर्मीको स्वास्थ्य समस्या र मुद्धाहरुको बारेमा मेडिकल चेकअप र परामर्श तथा बेलिङ साइटका कर्मचारीको लागि श्रम सम्झौताको हस्तान्तरण भएको छ ।
क्रियसनका संस्थापक तथा प्रेसिडेन्ट आनन्द मिश्राले सफाइकर्मीले असुरक्षित रूपमा काम गर्दा समाजमा जोखिम बढ्ने भएकाले कोका–कोलाले सहयोग गरेको बताए । त्यस्तै बोटलर्स नेपालका प्रबन्धक प्रदिप पाण्डेका अनुसार फोहोर र रिसाइकलिंग उद्योगमा काम गर्नेहरुले धेरै व्यवसायिक स्वास्थ्य जोखिम मोल्नुपर्ने हुन्छ ।
उक्त कार्यव्रmमको पहुच संतुन्गल, टेकु, बालकुमारी र जोरपाटीका ६ वटा भिन्न बेलिंग साइटको ६७ सफाईकर्मीसम्म पुगेको थियो । कार्यक्रममा सहभागि एक सफाईकर्मीले भने, ‘हामी हाम्रो काममा आउने जोखिमहरुलाई परिवर्तन गर्न सक्दैनौँ तर बारम्बार सुरक्षा तालिम, मेडिकल चेकअपका साथ हामी यस्ता जोखिमहरुलाई रोक्न सक्षम छौं ।’