काठमाडौं । स्मार्टडोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा ‘स्मार्टडोको नयाँ वर्षको अफर’ लिएर आएको छ । जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउने भएका छन् । यस्तैे हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।
ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्ड बाट गर्न सकिनेछन् ।
‘हालसालै नेपालमा सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको स्मार्टडोकोले यसै नव वर्षको अवसरमा “स्मार्टडोको नयाँ वर्षको अफर” ल्याएको हो ।
स्मार्ट डोकोले स्वास्थ्यसँग सम्बन्धि प्रडक्ट र होम एन्ड लिभिङ प्रडक्ट लगायतका कैयौं प्रडक्ट अनलाइनमा उपलब्ध गराउदै आएको छ ।
यस्तै रिङ्गरोड भित्र निःशुल्क डेलिभरी गर्दैआएका छ भनें यस नयाँ वर्षको अवसरमा नेपाल भरी मात्र ५० रुपैयाँमा डेलिभरी गर्ने जनाएको छ । आफ्ना ग्राहकहरुलाई धेरैभन्दा धेरै सेवा दिने उद्देश्यले आकर्षक अफरहरु निरन्तर रुपमा ल्याउँदै आएको बताइएको छ ।
स्मार्टडोकोका अध्यक्ष दिकेश मलहोत्राले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकता अनुसारका प्रडक्टहरु ल्याउँदै आएको बताए । ग्राहकले सहज ढंगले सपिङ गर्न पाउन भन्ने उद्देश्य अनुरुप सेवा उपलब्ध गराइरहेका छौं,उनले भने । यो अफर मितिः २०७८ बैसाख १ गते देखि ५ गते सम्म मात्र लागू रहने जनाएको छ ।
स्मार्टडोको मार्फत सामान खरिद गर्दा ४ भाग्यशाली ग्राहकले यस अफर अन्र्तगत जित्नसक्ने सामानहरु यस्ता छन् ।
१. कोन्का टिभि
२ १६ इन्चको स्मार्टवच्
३. वेगा स्टाय्ण्ड फ्यान्
४. बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर रहेका छन् ।