काठमाडौं । कोरोना भाइरस महामारीको सन्त्रास बढेपछि यसको ठूलो असर सेयर बजारमा परेको छ । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । बजार ७५.७९ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५७२ अंकमा पुगेर रोकिएको छ ।
सेयर बजार बढेर हालसम्मकै उच्च २७३५ अंकमा पुगेकोमा त्यसपछि बजारले करेक्सनको बाटो समातेको थियो । यद्यपी आइतबार एकाएक भारी अंकले गिरावट आएको छ ।
बिहीबार बजार १५.८ अंकले बढेर नेप्से परिसूचक २६४८ अंकमा पुगेको थियो । सेयर बजार घट्नुमा कोरोना महामारी प्रमुख कारण बनेको सेयर लगानीकर्ता प्रकाश तिवारी बताउँछन् ।
यो पनि हेर्नुहोस
सेयर बजार १५.८ अंकले बढ्यो, एनसीसी बैंकको ६२ करोड बढीको कारोबार
लघुवित्त र नयाँ निर्जीवन बिमा कम्पनीको पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासनका हल्लाले उचालिएर बजारले नयाँ रेकर्ड कायम गरेकामा पछि नआउने भएपछि बजार करेक्सनमा गएको उनको तर्क छ ।
बजार घट्न बाटोमा गएका बेला कोभिडको त्राश पैmलिएपछि लगानीकर्ता अतालिंदा आरोलो लागेको उनको भनाई छ । तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य र विकास बैंकहरुको नाफा राम्रो भए पनि यसले लगानीकर्ताको ध्यानकर्षण गराउन नसकेको तिवारी बताउँछन । ‘कोभिड महामारी सेयर बजार ओरालो लाग्न बाहना बनेको’ छ उनले भने ।

बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आइतबार ७ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बिहीबार ५ अर्ब ९१ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यस्तै बुधबार ५ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
सेयर बजारका सबै उपसूचकहरु रातामैं भएका छन । जीवन बिमा उपसूचक सबैभन्दा बढी घटेको छ । यो उपसूचक ४६० अंकले घटेको नेप्सेले जनाएको छ ।
यस्तै निर्जीवन बिमा समूह ४४०, होटल एन्ड टुरिज्म २२०, उत्पादन १३६, जलविद्युत ११२, व्यापार ११३ र बैंकिङ उपसूचक ४२.६५ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ । कुमारी बैंकको संस्थापक सेयर, महिला लघुवित्त वित्तीय संस्था र विशाल कम्पनी लिमिटेडको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।
आइतबार सबैभन्दा बढी नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) सेयर कारोबार भएको छ । निफ्राको प्रतिकित्ता ५४१ मा ३९ करोड ३४ लाख, ज्योति लाइफ इन्स्योरेन्सको ८७२ मा ३३ करोड ८२ लाख र अपर तामाकोसी हाइड्रोपावरको ८१४ मा २५ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।