काठमाडौं । कोरोना संक्रमण मुलुकभर बढ्दै गएपिछ आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै काठमाडौंसहित ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । आइतबार दिउँसोसम्म ३१ जिल्लामा मात्रै निषेधाज्ञा थियो ।
सोमबार बिहानसम्म ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । थोरैमात्रै जिल्लामा निषेधाज्ञाका क्रममा सवारीमा जोर–बिजोर प्रणाली कायम गरिएको छ ।
यी हुन् निषेधाज्ञा कायम भएका जिल्लाहरु
बाँके, सुर्खत, गोरखा, बाजुरा, काठमाडौं, ललितपुर,भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चिवतन, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, उदयपुर, मकवानपुर, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी र दैलेख ।