काठमाडौं । नेपाल राष्ट्र बैंकको परिपत्र पश्चात बैंक तथा वित्तीय संस्थाले इन्स्योरेन्स र हाइड्रो पावरको सेयर किन्न पाउने भएका छन् । यस अघिसम्म माइक्रो फाइनान्सको समेत सेयर किन्ने गरेका बैंक अबदेखि जलविद्युत् र इन्स्योरेन्सको मात्रै सेयर खरिद गर्न पाउने भएका हुन् ।
यसरी बैंक तथा वित्तीय संस्थाले किनेको सेयर एक वर्षसम्म बेच्न भने पाउने छैनन् । केन्द्रीय बैंकको परिपत्र पश्चात बैंकले कुनै पनि क्षेत्रको सेयर किन्न नपाउने भन्ने भ्रम फैलिएको छ । तर, केन्द्रीय बैंकको परिपत्र अनुसार माइक्रोफाइनान्सको मात्रै सेयर किन्न नपाउने व्यवस्था गरिएको हो ।
माइक्रोफाइनान्स बाहेक जलविद्युत् र इन्स्योरेन्सको सेयर किन्नमा कुनै रोकतोक छैन् । बैंक तथा वित्तीय संस्थालाई सेयर किन्न रोक लगाएन तर, बेच्नलाई रोक लगाएको छ । सेयर बेच्न नपाउने व्यवस्था गरेपछि बैंकले धेरै सेयर नकिन्न पनि सक्ने देखिन्छ ।
अहिले पनि बैंक तथा वित्तीय संस्थासँग माइक्रो फाइनान्सको सेयर छैन् । बैंकले अाफूसँग भएकाे धेरैजसाे सेयर बेचिसकेकाे र कति बैंकसँग लघुवित्तकाे सेयर एक हजार कित्ता पनि नरहेकाे पाइएकाे छ । बैंकसँग सेयर नहुने वित्तिकै सप्लाई आउँदैन । सप्लाइ नआउने वित्तिकै सेयर बिक्रीको चाप पर्दैन । एक लगानीकर्ताका अनुसारलघुवित्तमा प्रतिसेयर अाम्दानी धेरै भएका कारण बुझेका लगानीकर्ताहरू त्यसप्रति अाकर्षित भइरहेका थिए ।
राष्ट्र बैंकको नियम अनुसार वाणिज्य बैंकले वाणिज्य बैंकको सेयर किन्न पाउदैन । तर,बैंकले बीमा,जलविद्युत् तथा लघुवित्त तथा अन्य कम्पनीको सेयर किन्न पाउथे । तर, अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लघुवित्तको सेयर दोस्रो बजारबाट किन्न नै रोक लगाएको छ । केन्द्रीय बैंकले बैंकलाइ काराेबारी नभइ अब लगानीकर्ता बन्न सुझाएकाे छ ।