काठमाडौं । सेलपे सेवा अब वालेटमार्फत पनि सञ्चालन गर्न सकिने भएको छ ।
योसँगै सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि सञ्चालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक बनेको छ । अब सेलपेका ग्राहकहरुले बैंक लिंकमार्फत वा वालेट लोड गरि कारोबार गर्न सक्नेछन् ।
सेलकम प्रालिद्धारा सञ्चालित सेलपेले ‘ मेरो वालेट सेलपे वालेट ’ योजना सुरु गरेको छ । सो योजनाअनुसार सेलपेका ग्राहकहरुले मोबाइल टपअप र टिभी महशुल भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, इन्टरनेटको महसुलमा १.५ प्रतिशत, नेपाल टेलिकमको डाटा प्याकको १ घण्टाको लागि अनलिमिटेड मात्र ११ रूपैयाँमा, एनसीएल डाटा प्याकको १ दिनको अनलिमिटेड मात्र २१ रूपैयाँमा, साथै वालेट लोड गर्दा लक्कि ड्र मार्फत सामसुङ एस २१ अल्ट्रा जित्न सक्ने छन् । यो योजना जेठ १३ गतेदेखि असार १२ सम्म लागू हुने जनाएको छ ।
यस्तै सेलपेले आफ्नो नयाँ यूआइ पनि सार्वजनिक गरेको छ । जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोगहरु गरिएको छ जसले गर्दा जो कोही ग्राहकहरुले बिना झन्झट सरल रुपमा कारोबार गर्न सक्नेछन् साथै सेलपे कार्टसेवामार्फत सजिलै घरमै बसीबसी बिभिन्न सामानहरु खरिद गर्न सक्नेछन् ।
सेलपेद्वारा विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर,पी २ पी, पी २ बी, बी २ बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।