काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न मन्त्रालयगत कार्ययोजना तय गरिने बताएका छन् । सरकारले अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यान्वयनमा शंका गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्यायोजन बनाएर सरकार अघि बढ्ने बताए ।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको बजेटपछिको छलफल (भर्चुयल) कार्यक्रममा उनले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने बताएका हुन् । त्यसका लागि उनले सोमबारबाटनै सम्बन्धि मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छलफल सुर गर्न थालेको बताएका छन् ।
सरकारले ल्याएको यसपछि आउने सरकारले पनि निरन्तरता दिने बताउँदै उनले निर्वाचनपछि पनि एमाले नेतृत्वकै सरकार बन्ने सामार्थ्य राख्ने प्रतिक्रिया दिएका छन् । सरकारले आफ्नो जनता प्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यान्यवन गर्नका लागि बजेट ल्याएको बताउँदै बजेट भित्र बसेर टिप्पणी गर्न उनले आग्रह गरेका छन् ।
पौडेलले भनेका छन्
१) बजेटमा निजी क्षेत्रले सकरात्मक प्रतिक्रिया दिएको छ, निजी क्षेत्रप्रति आभार छ, बजेट कार्यान्वयनका क्रममा पनि सुझाव दिन सक्नु हुनेछ ।
२) सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार छ, सबै जनतालाई भ्याक्सिन उपलब्ध गराउने अभिभारका साथ बजेट ल्याइएको छ
३) बजेट कार्यान्वयनको जिम्मा सरकारले ल्याउछ । यस विषयमा आजै मन्त्रालयगत कार्ययोजना बनाइने छ ।
४) बजेट निर्माणमा जस्तै कार्यान्वयनमा पनि सरोकारवालाको सुझाबको अपेक्षा छ ।
५) कतिपय राजनीतिक दलका नेताले टिप्पणी गरेर जस्तै भ्रम निजी क्षेत्रमा नपरोस् बजेट कार्यान्वयन हुन्छ ।संविधानसंवत् तरिकाबाट बजेट आएको छ ।
६) निर्वाचन सरकारको रोजाइको विषय भएर आएको होइन परिस्थितिको उपज हो । निर्वचानको कारण सरकार नियमित अभिभारबाट पन्छन सक्दैन
७) निर्वाचन हुँदैछ बजेट नल्याउ भन्न मिल्दैन, बजेट नल्याउन भनेको यस्तो बेला कोभिड खोप नल्याउ, कोरोनाको विषम परिस्थितीसँग नजुध भने जस्तै हो ।
८) निर्वाचनका कारणले बजेट कार्यान्वयनमा कुनै प्रतिकुल असर पर्ने छैन । पूर्ण बजेट ल्याउनु हुँदैन भन्ने टिप्पणी संविधानको भावना विपरीत छ ।
९) पोलिटिकल फिल्डले विषयगत ढंगले आलोचना गर्न सकिएको छैन, बजेटको कुन बुँदा मन परेन छलफल गरौ, थोकमा विरोध गरेर बजेट ल्याउन हुँदैन मात्रै भन्नुको तुक छैन ।
१०) यो सरकार यत्तिकै उफ्रिएर आएको होइन, जनताको अभिमत जितेर आएको हो, जनताको अभिभार पूरा गरेको छ जसले इलेक्सन पछि पनि यही शक्ति आउन आउछ र बजेट कार्यान्वयन गर्छ ।
११) बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकिएछ । राम्रो बजेट भन्नु भएको छ ।
१२) हामी कोभिड भनेर हात ठड्याएर बस्दैनौ आजको परिस्थितीसँग जुध्दै अघि बढ्छौँ ।
अर्थसचिव शिशिरकुमार ढुंगानाले पनि बजेट कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । बजेट कार्यान्वयन समयममै गर्न लागि बजेट मार्फत केही सुधारको प्रयास भएको बताए ।
जसअनुसार
१) नियमितत प्रकियाबाट नगइ ५ अर्ब रुपैयाँ भन्दा बढी आयोजनामा संरचना नयाँ बनाएर जाने ।
२) जग्गा प्राप्तिलाई सहज गराउने
३) बजेट सूचना प्रणाली एलएमबीआएएसलाई संशोधन गरि रकमान्तर र कार्यक्रम संशोधन सम्बन्धित मन्त्लयले गर्न सक्ने व्यवस्था गरिने छ ।
४) आयोजनालाई सुक्ष्म ढंगले विश्लेष गर्न आयोजना प्रमुख र सचिवलाई जिम्वार बनाइने छ
५) प्राइभेट सेक्टर सँग जोडिएका विषयबस्तु सँग कार्यन्वयन गर्नको लागि कमिटी बनाएर अघि बढिने ।
उनले सामाजिक सुरक्षा भत्ताहरू बीचार गरेरनै बढाइएको प्रतिक्रिया दिएका छन् । सामाजिक सुरक्षाको रकम तत्कालिन रुपमा यसरीनै अघि बढाइए पनि दीर्घकालिन रुपमा योगदनामा आधारित बनाइने बताए । सहूलियपूर्ण कर्जा कार्न्वयनका क्रममा विगतका देखिएका जतिलता समधान गर्दै कार्यन्वयन गर्ने उनको प्रतिक्रिया रहेको छ ।
उनले बजेट निर्माणको क्रममा प्राकीतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसको सिमाभित्र बसेर उठाउने लक्ष्य राखिउको बताएका छन् । ऋणको तलिका निकाल्दा व्याजदरमा र लगानी योग्य पुँजीमा प्रभाव नपर्नेगरी उठाइने प्रतिक्रिया दिएका छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार आन्तरिक ऋण विकास निर्माणमा मात्रै खर्च गरिने उनको भनाई रहेको छ । बैदेशिक ऋण र अनुदान प्रतिवद्धताको आधारमा नै राखिउको उनको भनाई रहेको छ । ऋण र अनुदान अपेक्षित आउन नसक्नु आयोजना कार्यन्वयनको कमि कमजोरीको कारणले सहायतका कम आएको भन्दै सुधारको प्रयास गरिने बताएका छन् ।
निजी क्षेत्रका प्रतिनिधीहरूले बजेट निजी क्षेत्र मैत्री भएको भन्दै खुसी व्यक्त गरेका छन् । बजेट कार्यन्वयनमा शंका गर्दै निजी क्षेत्रका प्रतिनिधिले बजेटमा उल्लेख गरिएका कुरा यथाशिघ्र छिटो कार्यन्वयनमा लैजान आग्रह गरेका छन् ।
शेखर गोल्छा, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
१) यसपालीको बजेटमा सरप्राइज भएका छौँ ,
२) निर्वाचनको घोषणा गरिसकेको सरकारले हाम्रा माग सम्बोधन गर्न सक्दै कि जस्तो लागेको थियो त्यही पनि ६० प्रतिशत सुझाब सम्बोधन भए
३) कोभिड खोपको व्यवस्थाका लागि बजेट ठिक छ । पर्यटन , मनोरञ्जन क्षेत्रमा विशेष सहुलियत भनिएको थियो आएको छ राम्रो छ ।
४) गत वर्षको जस्तै मौद्रिक नीतिका छुट सहुलियत निरन्तरता पाओस् पुर्नकर्जाका दायार वृद्धि हुने भनेको छ वृद्धि होस् । पर्यटन उद्योगलाई उत्पादनमूलक सरह भनिएको छ राम्रो हो
५) निषेधाज्ञा अवधिको डिमाण्ड शुल्क छुट हुदा व्यवसायीलाई राहत पुगेको छ
६) होटल, ट्राभल, ट्रेकिङ्ग, यातायात, हवाई सेवा, चलचित्र उद्योग संचार गृहको करयोग्य आयमा १ प्रतिशत मात्र आय कर लाग्ने तिर्नुपर्ने व्यवस्थाला लाई १० वर्षसम्म गर्न सकिने व्यवस्थाले ठूलो राहत पुग्छ
७) स्टाटअपलाई प्राथमिकता दिएको विषयले उत्साहित भएका छौँ
८) एक अर्बको च्यालेन्ज फण्डले राम्रो हुनेछ ।
९) डिजेलमा भ्याट फिर्ता हुने निर्णय राम्रो छ ।
१०) एक्जिम कोर्डमा हरेक वर्ष नविकरण आबश्यम छैन भनेका थियो सम्बोधन भएको छ ।
११) यातायातमा भ्याटको समस्या सम्बोधन भएको छ
१२) बन्दाबन्दी लामो चल्यो भने राहत प्याकेज हुनु पर्ने थियो त्यो पुगेको छैन
१३) सम्पति अभिलेखीकरण गर्ने सुविधा दिन माग गरेका थियौ छुटेको छ ।
शतिस मोर, अध्यक्ष नेपाल उद्याेग परिसंघ
१) ६।५ को ग्रोथको लागि छिटो भ्याक्सिन सर्वसुलभ गर्न जरुरी छ । भ्याा्सिन दिएपछि आर्थिक गतिविधि खुकुलो गर्नु पर्छ ।
२) साना तथा मझौला उद्योगमा अपुग सुविधा मौद्रिक नीति मार्फत सम्बोधन होस्
३) छुट तथा सुविधाको लागि दीर्घकालिन नीति बनाउनु पर्छ। एक वर्ष छुट अर्को वर्ष नदिने भयो भने लक्ष्यउपलब्धी हुदैन
४) अति प्रभावितको लागि १० वर्षको लागि क्यारि फरवाडको सुविधा राम्रो हुन्छ ।
५) बजेट कार्यन्वयनमा चुनौति छ पहिलेदेखि प्रतिमेगावट ५० लाख रुपैयाँसम्मको भ्याट छुट दिने भनिउको थियो अहिलेसम् कार्यन्वयन भएको छैन कार्यन्वयन होस् ।
राजेन्द्र मल्ल, अध्यक्ष नेपाल चेम्बर अफ कमर्श
१) निजी क्षेत्र मैत्री बजेट
२) कोभिड खोपको यथासिघ्र प्रवन्ध गरिनु पर्छ
३) स्वास्थ्य क्षेत्रको बजेट आवश्यकता अनुसार छ
४) नितीगत व्यवस्था राम्रो छ कार्यन्यन गरिनु पर्छ बजेट काउने खर्च नहुनेको कुनै अर्थ हुने छैन ।
५) सिएसआर फण्ड राख्ने महामारीको बेला खर्च गर्न पाउ भनेकोमा सम्बोधन भएको छ सामाजिक सेवाको भावना बढ्छ ।
६) दरिलो नीति बनाएर अघि बढ्नु पर्छ ।
७) विजुली सामानमा भन्सार छुट अन्त शुल्क हटाइएको व्यापार घाटा घटाउन सहयोग पुग्ने छ ।
८) विजुली उत्पादन आउने विजुली कसरी निर्यात गरिन्छ कुटनैतिक प्रयास गरियोस् । यो भयो भने
९) खुद्रा व्यापारको थ्रेस होल्ड ५० लाखबाट १ करोड बढाएको छ यसले राजस्व बढाउछ