काठमाडौं । काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम)ले सरकारी तथा नीजि क्षेत्रमा सार्वजनिक नीति र यसको व्यवस्थापनमा जोड दिन पहिलो पटक स्नातकोत्तर तहमा सार्वजनिक नीति र व्यवस्थापन (पब्लिक पोलीसी एण्ड म्यानेजमेन्ट) कोर्षको अध्यापन शुरु गर्दैछ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार राजधानीमा आयोजना गरेको नेपालमा सार्वजनिक नीति र व्यवस्थापन शिक्षाको आवश्यकता र महत्वबारे गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
सरकारी तथा गैर सरकारी संस्था बैङ्क तथा वित्तिय संस्था, बीमा लगायतका व्यसायिक प्रतिष्ठानमा नीति निर्माण गर्न र कार्यान्वयन गर्ने सीप सीकाउन दुई वर्षे कोर्ष अध्यापन गर्न लागेको हो ।
कलेजका डिन विजय केसीले नेपालमा सार्वजनिक प्रशासन कमजोर हुन थालेकाले सार्वजनिक नीति र व्यवस्थापन कोर्ष जरुरी भएको औल्याए ।
अन्तरक्रियामा आईआईडिएसका कार्यकारी निर्देशक डा. विष्णुदेव पन्तले नेपालमा भ्रष्टाचार मौलाउदै गएकाले यो कार्ष पढ्न जरुरी भएको ठानेर यसलाई अध्यापन गराउन लागिएको बताए ।
यो कोर्षको पाठ्यक्रम वषौं लगायर विभिन्न टप लेभलका व्यक्तिसँगको अन्तरक्रियापछि तयार पारिएको उनले जानकारी दिए । कुसुमका प्राडा. अच्यूत वाग्लेले नेपालमा नीति भएको तर लागू हुन नसकेको गुनासो गरे । ल्याएका योजना कार्यान्वयन हुन सकेका छैनन । किन नीति लागू भएन भनेर आधारभूत सैद्धान्तिक अधययन हुन जरुरी भएको उनको भनाइ छ ।
कुसोमले अनुसन्धान गर्ने संस्था ईन्स्टीच्यूट फर ईन्टग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडिएस)को सहकार्यमा सञ्चालन गर्ने यो कोर्षमा यसै महिनादेखि भर्ना लिन थालिएको छ । दुई वर्षे कोर्षमा करिब साढे ३ लाख रुपैयाँ शुल्क लाग्ने कलेजका डिन केसीले जानकारी दिए ।
सामाजिक नीति र न्याय, संघीयता र स्थानीय सरकार, विकास नीति, उर्जा र जलविद्युत नीति, यातायात र पूर्वाधार नीतिहरुलाई केन्द्रित गरीएको छ ।