काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमार्फत अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था गरेको छ ।
जसअनुसार नयाँ आर्थिक वर्ष अर्थात् साउन १ गतेबाट यो प्रावधान लागू भएको छ । तथापि, साउन १ र २ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द थियो । तसर्थ, आज साउन ३ गतेको कारोबारबाट लगानीकर्ताले सेयर स्वामित्वको आल्पकालीन र दीर्घकालीन समयावधि छुट्याउनुपर्ने भएको छ ।
नयाँ व्यवस्थाअनुसार १ वर्षभन्दा कम अवधिको लगानीलाई ७।५०५ र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ५५ लाभकर लाग्ने छ । जसअनुसार अबदेखि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा सेयर मौज्दात रहेको समयावधिसमेत गणना गर्नुपर्नेछ ।
आफ्नो स्वामित्वमा रहेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधिसम्म रहेको धितोपत्र र सोभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्यासमेत खुलाई इडीआइएस गर्न सीडीएसले लगानीकर्तालाई आग्रह गरेको हो ।
नयाँ सिष्टम अनुसार कसरी गर्ने सेयर ट्रान्सफर ?
सीडीएसीले आइतबार बेलुकाबाट नयाँ सिष्टम कार्यान्वयनमा ल्याएको छ । अहिलेलाई मेरो सेयर एपबाट मात्रै नयाँ सिष्टमअनुसार सेयर हस्तान्तरण गर्न सकिने व्यवस्था ल्याएको छ ।
नयाँ सिष्टमअनुसार सुरुमा प्ले स्टोरबाट मेरो सेयर एप डाउनलोड गर्नुहोस् । यदि यस अघि नै डाउनलोड गर्नु भएको छ भने, त्यसलाई अपडेट गर्नुपर्छ ।
अपडेट गर्ने वित्तिकै माइ पर्चेच सोर्समा जाने । त्यहाँ माइ होल्डिङ भन्ने नयाँ अप्सन थपिएको छ । पर्चेच सोर्समा आफूले बेचेको सेयर सर्च गर्ने र त्यसलाई माइ होल्डिङमा लैजाने । माई होल्डिङमा सेयर जाने वित्तिकै इडीआईएस भित्र गरेर सेयर हस्तान्तरण गर्न सकिने व्यवस्था छ ।