काठमाडौं । दुई वर्षअघि भारतको ‘स्टार्टअप भेन्चर’ एभी अर्गानिक्सले उत्पादन थालेको प्राकृतिक ब्ल्याक अल्काइन वाटर ‘इभोकस’ नेपाली बजारमा भित्रिएको छ ।
प्राकृतिक खनिज पदार्थसहितको ब्ल्याक अल्काइन वाटर शारीरिक स्वास्थ्यका लागि एकदमै लाभदायक हुने भन्दै भारतमा क्रिकेटर विराट कोहली, नायिका श्रुति हसन, मलाइका अरोरा, मोडेल उर्वसी रौटेलालगायतले प्रयोग गर्न थालेपछि त्यहाँ सर्वसाधारणको ध्यान तान्न थालेको थियो ।
यसले शरीरमा पानीको मात्रा पर्याप्त राख्ने र शरीरभित्रका हानिकारक तत्वलाई बाहिर निकालेर मेटाबोलिज्मलाई सुधार्न मद्दत गर्ने भन्दै भारतीय सेलिब्रेट्रीहरुले प्रयोग गरेको जनाएका छन् । नेपालमा इभोकसलाई शंकर गु्रपअन्तर्गतको प्ल्यागसिप एफएमसिजी कम्पनी जगदम्बा ओभरसिज प्रालिले भित्राएको हो ।
शंकर ग्रुपका कार्यकारी निर्देशक आकाश जाटियाले पानीमा पर्याप्तमात्रामा प्राकृतिक खनिज भएको इभोकस नेपाली उपभोक्ताका लागि भित्रिएको बताए ।
पानी आफैंमा स्वास्थ्यका लागि राम्रो त्यसैमाथि पर्याप्त प्राकृतिक खनिज भएको पानी भएकाले अति नै स्वास्थ्यबद्र्धक रहेको उनले बताए । ‘यस्तो किसिमको विशेष पानी बनाउँदा ७० भन्दा धेरै प्राकृतिक खनिज पदार्थलाई एकदमै शूद्ध पानीमा मिसाइन्छ,’ उनले भने ।

स्वास्थ्र्यबद्र्धकका सार्थ लाइफस्टायल र फेसनवयल पनि भएकाले युवा पुस्ताले यसलाई झन चाँडो मन पराउने जाटियाले बताए । यो भारतमा उत्पादन हुने भए पनि प्राकृतिक खनिज पदार्थ अमेरिकाबाट ल्याएर उद्योगमा मिश्रण गरिने कम्पनीले जनाएको छ ।
उक्त पानीलाई मान्छेले नछोएको पूर्ण अटोमेटेड, शूद्ध र फर्मा ग्रेड प्लान्टमा राखेर बोटल प्याकेजिङको काम गरिन्छ । पृथ्वीको भित्री सतहमा पाइने प्राकृतिक खनिजको समिश्रणका कारण उक्त पानी पृथक किसिमको कालो रङमा परिणत हुन्छ ।
भारतीय एक अखबारमा एभी अर्गानिक्सका संस्थापक तथा व्यवस्थापक निर्देशक आकाश भाघेलाले लेखेका छन्, ‘हामी साधारण आरओ सिस्टमबाट उत्पादित पानी पिउनुमै अभ्यस्त छौं तर त्यस्तो पानीमा शरीरलाई चाहिने धेरै महत्वपूर्ण पोषक तत्व नै हुँदैन ।
आरओ सिस्टमबाट उत्पादित पानीमा पीएच भ्याल्यु न्यून हुन्छ जुन धेरै अम्लिय, खल्लो हुन्छ जसलाई पचाउन शरीरलाई गाह्रो हुन्छ । यसको सबैभन्दा उत्कृष्ट विकल्प भनेकै अल्काइन ब्ल्याक वाटर हो जसले हाम्रो शरीरको प्रतीरक्षा प्रणालीलाई बढाउन सहयोग गर्छ ।’
अल्काइन वाटरले कसरी प्रतीरक्षा प्रणाली बलियो बनाउँछ ?
यस पानीमा क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियम र अन्य विभिन्न प्राकृतिक खनिजहरु मिसाइएको हुँदा यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्ने ग्रुपका कार्यकारी निर्देशक जाटियाले क्यापिटल नेपाललाई बताए । ‘शरीरमा फ्रि रेडिकल्सहरुको वृद्धिलाई रोकेर यसले शरीर बुढो हुने प्रक्रियालाई कम गर्न यसले सहयोग पुग्छ,’ उनले भने ।
एकदम व्यस्त दैनिकीमा ब्ल्याक वाटर एकदम उपयुक्त हुने जाटिया बताउँछन्, रंग, प्लेवरको कुनै मिश्रण नगरी पानीमा पर्याप्त प्राकृतिक खनिज मात्र मिश्रण गरिएको हुनाले इभोकस पानीभन्दा पनि बढी स्वास्थ्यबद्र्धक रहेको उनले बताए । ‘उच्च रक्तचाप, डाइबेटिज र उच्च कोलेस्ट्रोलबाट पीडित व्यक्तिहरुका लागि यो एकदमै लाभदायी हुन्छ,’ उनले भने ।
अल्काइन वाटर आयोनाइज्ड गरिएको हुँदा यसमा करिब आठदेखि ९ सम्म पीएच स्तर उच्च हुन्छ । जबकि हामीले दैनिक पिउने सामान्य पानीमा पीएच स्तर ७ भन्दा माथि पाउन सकिन्न । यसले शरीरमा भएको अम्लिय पदार्थलाई सन्तुलित पारी एसीडिटी घटाउन मद्दत गर्ने कम्पनीले उल्लेख गरेको छ ।
कम पानी पिउनेहरुका लागि हाइड्रेट रहिरहन अल्काइन वाटर एकदमै राम्रो विकल्प हो । अल्काइन पानीलाई मानव शरीरले सजिलै ग्रहण गरी लामो समयसम्म शरीरलाई हाइड्रेट राख्छ । यसले शरीरको सञ्चार प्रणालीलाई सुधार गरी महत्वपूर्ण अङ्गहरुमा पर्याप्त अक्सिजन पुर्याउने कम्पनीको दाबी छ ।
स्वास्थ हाड बलियो बनाउन र ह्याङओभर घटाउन यसले मद्दत गर्छ । जब कसैले धेरै मादक पदार्थ पिउँछ तब यो ब्ल्याक अल्काइन पिउँदा यसले शरीरको प्राकृतिक सन्तुलनलाई फिर्ता ल्याई ह्याङओभर मोडबाट बाहिर ल्याउने कम्पनीले जनाएको छ ।
यसबाहेक ब्ल्याक अल्काइनसँग भोड्का र ह्वस्की जस्ता पदार्थ मिसाएर पिउन पनि उपयुक्त हुनुका साथै ककटेल र मकटेलका लागि पनि अल्काइन वाटर उत्तम हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा इभोकसको ५०० मिलिलिटरको बोटललाई २०० रुपैयाँ र २५० मिलिलिटरको बोटललाई १०० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।