काठमाडाैं । कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बिमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) सँग एकीकृत स्वास्थ्य बिमा व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बिमा बोर्डद्वारा प्रवद्र्घित आईएमआईएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा प्रदायक कम्पनी बनेको छ ।
एकीकृत प्रणालीको सुरुवातसँगै स्वास्थ्य बिमामा आबद्घ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिरामीहरू स्वास्थ्य बीमा योजनामा आबद्ध भए नभएको जाँच गर्न र आबद्ध भएका बिरामीहरूको हकमा स्वास्थ्य बीमा सम्बन्धी आवश्यक विवरणको जानकारीको लागी कोजेन्ट हेल्थको इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको उपयोग गर्न सक्नेछन् । साथै स्वास्थ्य संस्थाहरूले सफ्टवयेरमार्फत डिजिटल रूपमै बिरामीको बीमा दाबी गर्न सक्षम हुने भएका छन् ।
हालसम्म स्वास्थ्य सेवा प्रदायकले बीमा दावी गर्न बिमितलाई स्वास्थ्य सेवाप्रवाहको क्रममा दिइएको सेवाको कागजात छुट्टै साइटमा राख्नुपर्ने दोहोरो झन्झट लिनुपथ्र्यो । तर अब कोजेन्टको सेवासँगै अवस्थाको अन्त्य भई समयको बचत हुनेछ ।
इलेक्ट्रोनिक हेल्थ रेकर्ड र बीमा सूचना प्रणाली जस्ता दुर्ई महत्वपूर्ण प्रणाली एकीकृत हुँदा नेपालमा अत्यावश्यक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
कोजेन्ट हेल्थले पहिले नै फिनटेक र भुक्तानी प्रणालीसँग आफ्नो प्रणालीलाई एकीकृत गरिसकेको छ भने डिजिटल स्वास्थ्यको क्षेत्रमा समेत आवश्यक पर्ने महत्वपूर्ण प्रविधि निर्माण गर्दै आएको छ ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक हेल्थ रेकर्ड (ईएचआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थद्धारा निर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब, ई–अपोइन्टमेन्ट र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका ५० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।