काठमाडौं । शिवम् सिमेन्ट लिले पोखरासहित गण्डकी प्रदेशका ५ सयभन्दा धेरै भवन निर्माणकर्मीको ५ लाख बराबरको दुर्घटना बिमा गरिदिएको छ ।
प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माणकर्मीसँगको निर्माणसम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रमा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरिएको थियो ।
स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बागलुङलगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढी निर्माण कर्मीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरू संग अन्तरक्रिया तथा उनीहरूको जोखिम बिमा सम्पन्न गरी सकेको छ ।

साे अन्तरक्रिया कार्यक्रममा निर्माणकर्मीहरूलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।
शिवम् सिमेन्टले चरणबद्ध रूपमा देशका विभिन्न स्थानहरूमा नियमित रूपमा निर्माण कर्मीहसँग प्राविधिक अन्तक्रिया तथा बिमा कार्यक्रम गर्दै आइरहेको छ ।

पहिलो चरणअन्तर्गत शिवम् सिमेन्टले भदौ तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीहरूसँग प्राविधिक अन्तक्रिया गरी उनीहरूको जोखिम बिमा गराइसकेको कम्पनी प्रतिनिधिले बताएका छन् ।