काठमाडौं । दाङको तुलसीपुरमा अब डिसहोम फाइबरनेट सुरुवात भएको छ । साे कम्पनीले छिट्टै नेपालका अरू स्थानमा पनि विस्तार हुने जनाएको छ ।
काठमाडौं, इनरुवा, ढल्केबर, इटहरी, भक्तपुर, पोखरा, बिर्तामोड, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, बनेपा, धुलिखेल, पनौती, दमक, मिर्चैया, विराटनगर, नेपालगन्ज, धनगढीमा, सुर्खेतसहित अरू मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ ।
डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित डिसहोमका ग्राहकहरूका लागि डिस टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिसहोम गो एप र एक्सभीओडीजस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् । फाइबरनेटका योजनाहरू १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
डिसहोम फाइबरनेटले सन् २०२० देखि उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।