काठमाडौं । लेखा व्यवसाय अर्थतन्त्रको मूल आधार हो । समग्रमा अर्थतन्त्रको ऐना पनि हो । लेखा क्षेत्रमा अर्थतन्त्र कस्तो छ भनेर लेखाले नियाल्छ ।
लेखापरीक्षण भनेको वित्तीय अनुशासन हो । हामी कस्तो अनुशासन पालना गर्छौं, जिम्मेवारी लेखापरीक्षको हातमा हुन्छ ।
राम्रो लेखापरीक्षण भयो भने राम्राका लागि र सही निर्णयका लागि सही लेखापरीक्षण आवश्यक छ । त्यसकारण लेखापरीक्षण मर्यादित र व्यासायिक हुनुपर्छ ।

वित्तीय अनुशासनका लागि नियमनकारी निकायको सही पहल भएन भने त्यसले धेरै ठूलो प्रभाव पार्छ ।
माइनसको ठाँउमा प्लस, प्लसको ठाँउमा गुणा र गुणाको ठाँउमा भागा गरियो भने त्यसको परिणाम के होला ? एउटा चिन्हले, एउटा बिन्दुले धेरै प्रभाव पार्ने भएकाले मल्टिपललाई गर्ने ठाँउमा डिभाइड गरियो भने त्यसले पार्ने सम्रग असरको आँकलन गरौं । इमान्दारी जिम्मेवारी बोध गर्दा एक टुलको ठाँउमा अर्काे टुल प्रयोग गर्दा त्यसले ठूलो असर गर्छ ।
आफ्नो स्वार्थका लागि यस्तो काम जानकारले नै गर्ने गरेका छन् । जिम्मेवार व्यक्तिले यस्ता काम गर्दा देशको अर्थतन्त्रमा असर पर्छ ।
अडिटलाई हिसाब किताबको रूपमा मात्र हेर्ने गरिएको पाइन्छ । तर, यसले सम्रग क्षेत्रलाई असर गर्छ । आज हाम्रो देशमा गरिबी किन छ ? अब त्यसको पनि अडिट गर्ने बेला भएको छ ।

अहिले भइरहेका त्रुटि कसरी निराकरण गर्न सकिन्छ । आज व्यापारघाटा बढिरहेको अवस्था छ । अब कहाँ गल्ती भयो ? कहाँनिर इमान्दारी लुज भयो ? यस्ता कमीकमजोरीको अडिट गर्ने बेला भएको छ । हाम्रो व्यापारघाटा र उत्पादनको अडिट गर्ने बेला भएको छ ।

हाम्रो जमिन किन बाँझो छ भनेर यसको पनि अडिट गर्नुपर्ने भएको छ । यति राम्रो हावापानी, उत्पादनशील जमिन हुँदा पनि ३ खर्ब रुपैयाँको खाद्यन्न आयात गरी ल्याँउछौं । अब राष्ट्रिय सम्पत्तिको पनि अडिट गर्नु पर्ने बेला आएको छ ।
हाम्रो राष्ट्रिय सम्पत्ति कति छ ? आज राष्ट्रको सम्पत्ति यति भनेर हाम्रा हिमाल, पहाड र तराईको मूल्य गरी अडिट गर्नुपर्ने बेला आएको छ । यस्तो गर्दा मात्र राष्ट्रले नयाँ दिशा पाउँछ ।
(नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आयोजना गरेको प्रथम लेखा व्यवसायी सम्मेलनमा शर्माले दिएकाे अभिव्यक्तिकाे अंश।)