नेपालको सामाजिक एवं वित्तीय क्षेत्रमा हिजोआज लघुवित्त निकै चर्चाको विषय बन्ने गरेको छ । सट्टाबजारको परिधिभित्र लघुवित्त सेवाप्रदायक संस्थाले सार्वजनिक गर्ने वार्षिक वित्तीय विवरण एवं त्यसभित्र रहेको लाभांशको चहक अझ ज्यादा चासोको विषय हुने गरेको देखिन्छ ।
सेयरको प्राथमिक बजारमा पनि लघुवित्त संस्थाप्रतिको आकर्षण अन्य वित्तीय संस्थाको भन्दा बढी नै रहने गरेको देखिन्छ । गाउँघरका कतै रुखको छहारी वा चौतारो त, कतै मन्दिरका छेउकिनार, पाटी, सत्तल वा यस्तै सार्वजनिक स्थलमा हरेक दिनजसो केही महिला भेला भएर सामाजिक कर्तव्य र नैतिक मूल्य मान्यतासम्बन्धी सुक्ति सामूहिक रुपमा व्यक्त गर्दै लघुवित्त संस्थाका कर्मचारीसमक्ष कर्जा रकमको माग गर्ने वा किस्ता बुझाउने काम गरिरहेका देखिन्छन् ।
आफू नैतिकवान् बन्ने अनि घर परिवार र गाउँटोललाई सफा, समन्नुत एवं समृद्ध तुल्याउनेजस्ता सन्देशमूलक प्रार्थनाबाट आरम्भ भएको त्यस्तो बैठक ‘छोराछोरीलाई विद्यालय पठाउँछौं पठाउँछौं । सरसफाइ र वातावरण संरक्षणका लागि सचेत हन्छौं, चुरोट बिडीलगायतका अम्बलबाट टाढा रहन्छौं ।’ आदिजस्ता प्रतिबद्धता सबै समूह सदस्यले सामूहिक रुपमा व्यक्त गरेपछि मात्र समापन हुने गर्छ ।
देशभर सञ्चालित ६७ वटा लघुवित्त वित्तीय संस्थाका कुल ४ लाख केन्द्रमध्ये (२०७८ असार मसान्तको तथ्यांकबमोजिम) कुनै न कुनै वित्तीय संस्थाका कुनै न कुनै केन्द्र बैठक यसरी पाक्षिक वा मासिक रुपमा गाउँघरमा सम्पन्न हुने हुँदा एउटै गाउँटोलमा दिनैपिच्छे (कहिलेकाहीँ त एकै दिन एकभन्दा ज्यादा) यस्ता समूह बैठक सम्पन्न हुने गरेको पाइन्छ ।
नेपालमा यस किसिमका क्रियाकलापमा आधारित लघुवित्तको अभ्यास आजभन्दा तीन दशक अघिदेखि हुन थालेपछि यस विषयको चर्चा त्यति बेलादेखि नै निरन्तर हुँदै आएको छ । फरक यति छ उतिबेला यसको चर्चा निकै सकारात्मक तरिकाले हुन्थ्यो अथवा त्यो समयमा यसलाई समाज सुधारक गतिविधिसम्बन्धी नयाँ प्रयोगको रुपमा हेर्ने गरिन्थ्यो भने आजको अवस्थासम्म आइपुग्दा लघुवित्त गतिविधिलाई कहीँ कतै कर्के नजरले समेत हेर्न थालिएको छ । कतै कतै त, चर्काे ब्याज असुल्न पल्केका पुराना साहुकारको नयाँ संस्करणसमेत भन्न थालिएको छ ।
आफू नैतिकवान् बन्ने अनि घर परिवार र गाउँटोललाई सफा, समन्नुत एवं समृद्ध तुल्याउनेजस्ता सन्देशमूलक प्रार्थनाबाट आरम्भ भएको त्यस्तो बैठक ‘छोराछोरीलाई विद्यालय पठाउछौं पठाउछौं । सरसफाइ र वातावरण संरक्षणका लागि सचेत रहन्छौं रहन्छौं, चुरोट बिडीलगायतका अम्बलबाट टाढा रहन्छौं ।’ आदिजस्ता प्रतिबद्धता सबै समूह सदस्यले सामूहिक रुपमा व्यक्त गरेपछि मात्र समापन हुने गर्छ ।
लघुवित्तका गतिविधिलाई लिएर सर्वसाधारणबीच प्रशस्त टीकाटिप्पणी हुन थालेपछि नियामक निकायको ध्यान त्यसतर्फ तानिनु स्वाभाविक हो । धेरैजसो आलोचना र टिप्पणीहरू सतही र तथ्यरहित भए पनि यसरी प्रकाशमा आएका कतिपय कुराहरू सत्य र यथार्थपरकसमेत भएका कारण यसलाई नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले पनि पछिल्ला दिनमा लघुवित्त वित्तीय संस्थालाई एकपछि अर्काे गर्दै कसिला नियमको मोटो डोरीले कस्दै लगेको देखिन्छ । र, यिनका आम्दानीका मार्गलाई क्रमशः सीमित तुल्याउँदै लगिएको पाइन्छ ।
लघुवित्त वित्तीय संस्थाले आफ्नो आम्दानी वृद्धिका लागि गरिआएका त्यस्ता केही अभ्यास नियामक निकायका दृष्टिमा अनुचित ठहरिएपछि त्यसलाई रोक्न वा न्यून तुल्याउन कडा निर्देशन जारी गर्ने गरिएको छ । त्यसैको परिणाम स्वरुप हाल आएर यी संस्थाको मुनाफा आर्जनको दायरा उल्लेख्य रुपमै खुम्चन थालेको देखिन्छ ।
पछिल्लो समय कर्जा र बचतबीचको ब्याजदरको अन्तर (स्प्रेड) लाई कसिलो बनाउँदै यी संस्थाको उच्च बढ्ने नाफा आर्जनको अवस्थालाई सीमित तुल्याइएको थियो । यति हुँदा पनि लघुवित्त संस्थाहरू बढी नै नाफामुखी मार्गमा हिँड्न थाले भन्ने आक्षेप निरन्तर लाग्दै गएपछि अन्ततः लघुवित्त संस्थाले लिन पाउने ब्याजदर १५ प्रतिशतभन्दा ज्यादा हुन नहुने कडा व्यवस्था नियामक निकायले गरिसकेको छ ।
लघुवित्त संस्थाले वाणिज्य बैंकलगायतका वित्तीय संस्थाहरूबाट कर्जा लगानीका लागि लिन गरेको वित्तीय स्राेत (थोक कर्जा ) को लागत हालको तरलता अभावका कारण एघार, बाह्र प्रतिशतभन्दा माथि पुग्न थालेको परिस्थितिमा समेत अधिकतम १५ प्रतिशतसम्म मात्र ब्याजदर कायम गरर आफ्नो व्यावसायिक काम सम्पन्न गर्नपर्नु कसिलो अवस्थाबाट यी संस्था गुज्रिरहेका छन् ।
हिजोआज नेपालको लघुवित्त क्रियाकलापलाई मूल्यांकन गर्दा पछिल्लो एक दशकका केही सीमित गतिविधि र यिनका मुनाफा पक्षलाई मात्र आधार बनाएर गर्ने गरिएको दखिन्छ । विगत ३० वर्षभन्दा ज्यादा समयदेखि सञ्चालित नेपालका लघुवित्त संस्थाका गतिविधिलाई यसरी नाफा आर्जनका परिसूचकमा मात्र सीमित गरिरह्यो भने यिनको यागदानको यथार्थ चित्रण हुन सक्दैन र यिनलाई हेर्ने दष्टिकोण एकपक्षीय हुन गई यसबाट पर्याप्त निष्कर्षसमेत अधुरो/अपुरो हुन जान्छ ।
यही पृष्ठभूमि सामाजिक जागरण, महिला सशक्तीकरण र समावेशी संस्कृतिको निर्माणजस्ता सामाजिक मूल्य–मान्यताको प्रवर्धनमा लघुवित्त क्रियाकलापले पुर्याएका योगदानबारे केही चर्चा गर्ने प्रयत्न यस लेखमा गरिएको छ ।
सामाजिक परिवर्तन अङ्क गणितीय रुपमा लघुवित्त संस्थाको वित्तीय विवरणलाई हेरेर पुष्टि गर्न सकिने विषय भने होइन । यो त, सामाजिक अनुसन्धान एवं समाजशास्त्रीय विश्लेषणको विषय हो ।
अनुसन्धानको अभाव आजभन्दा तीन दशकअघिको नेपाली गाउँघरका महिलाको सामाजिक आर्थिक अवस्था, उनीहरूको दिनचर्या, स्थानीयस्तरका संस्थाको नेतृत्व तहमा उनीहरूको सहभागिताको अंश, घरको परिधिभन्दा बाहिर निस्केर आफ्ना कुरा अभिव्यक्त गर्न सक्ने साहसदेखि लिएर भिन्नभिन्न जातका मान्छे एकसाथ वा एकै लहरमा वसेर सामूहिक रुपमा छलफल गर्ने प्रवृत्ति आदिजस्ता विषयलाई आजको अवस्थासँग तुलना गर्ने हो भने नेपालमा लघुवित्त क्रियाकलाप सामाजिक जागरण, समावेशी मान्यताको स्थापना अनि लैङ्गिक समानताका दृष्टिले अत्यन्तै प्रशंसनीय क्रियाकलाप रहेछ भनी भन्नैपर्ने हुन्छ ।
यसको तात्पर्य नेपालको सामाजिक क्षेत्रमा विगत तीन दशकमा हुन पुगेको सुधार वा परिवर्तनका लागि लघुवित्त क्रियाकलापले मात्र जस पाउनुपर्छ भन्न खोजिएको भने होइन, तर आजभन्दा तीन दशक अगाडि लघुवित्त सेवाको पहुँच पुगेको र नपुगेको दुई अलगअलग गाउँको अवस्थालाई सामाजिक परिवर्तनलाई इङ्गित गर्ने सूचकका आधारमा आजको अवस्थासँग तुलनात्मक अध्ययन गर्ने हो भने यस अवधिमा हुन गएको सामाजिक परिवर्तनमा लघुवित्त क्रियाकलापको अंश पनि उच्च रहेछ भनेर स्वीकार गर्नैपर्ने हुन्छ ।
यस्तो सामाजिक परिवर्तन अङ्क गणितीय रुपमा लघुवित्त संस्थाको वित्तीय विवरणलाई हेरेर पुष्टि गर्न सकिने विषय भने होइन । यो त, सामाजिक अनुसन्धान एवं समाजशास्त्रीय विश्लेषणको विषय हो ।
आजका दिनसम्म यस किसिमको विशिष्ट अनुसन्धान हुन नसकेका कारण नेपालको लघुवित्त क्षेत्रले सामाजिक जागरणमा पुर्याएको योगदान गौरव गर्न लायक छ भनेर सप्रमाण भन्न सकिने अवस्था छैन । यससम्बन्धी विशेष एवं गहन प्रकृतिको अध्ययन अनुसन्धानको खाँचो छ । यस किसिमको अध्ययन विश्लेषण कहीँ कसैले फाट्टफुट्ट रुपमा सानो समूह वा सीमित स्थानमा र केस स्टडिको रुपमा मात्र गरेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको तर्फबाट पनि कुनै शाखा कार्यालयले आफ्नो कार्यक्षेत्रका सीमित ठाउँलाई मात्र आधार बनाएर यससम्बन्धी विशेष अध्ययन प्रतिवेदन तयार पार्ने प्रयत्न गरेको भए पनि सिंगो मुलुकको चित्र आउने गरी बृहत् अध्ययन विश्लेषण भने हुन सकेको छैन । पछिल्ला दिनमा लघुवित्त क्षेत्रमा अनुसन्धान एवं तालिम गर्न भनेर खुलेका संस्था र लघुवित्त वित्तीय संस्थाको सामूहिक प्रयासमा यससम्बन्धी अनुसन्धानको कार्य अघि बढिरहेको पनि देखिन्छ ।
निकट भविष्यमा यस्ता अनुसन्धानका प्रतिवेदन सार्वजनिक भइसकेपछि भने त्यसबाट प्राप्त तथ्यको आधारमा नेपालमा लघुवित्तको प्रभावकारिताबारे यथार्थ चित्र प्रस्तुत हुनेछ ।
ग्रामीण विकास बैंकको स्थापना
लघुवित्त मूलतः सामाजिक बैंकिङ हो । २०४८ सालपछि नेपाल राष्ट्र बैंक स्वयंको लगानी एवं नेतृत्वमा देशका पाँचै विकास क्षेत्रमा ग्रामीण विकास बैंक स्थापना गरी आधुनिक अवधारणामा आधारित लघुवित्त क्रियाकलापलाई व्यापक तुल्याइएपछि माथि उल्लेख गरिएका सामाजिक परिवर्तनका परिदृश्य हाम्रा गाउँघरमा देखापर्दै गए । यसप्रकार सरकार वा नेपाल राष्ट्र बैंकले यी बैंकहरूमा सेयर पुँजीको रुपमा लगानी गरेको भए पनि त्यो रकम प्रकारान्तरले सामाजिक आर्थिक रुपान्तरणका लागि गरिएको सरकारको एक किसिमको विकास अभ्यास थियो भन्न सकिन्छ ।
तत्कालीन समयमा ग्रामीण विकास बैंकले देशैभरि विस्तार गरेको लघुवित्त क्रियाकलापले पुर्याएको योगदान आर्थिकभन्दा पनि सामाजिक दृष्टिले अत्यन्तै गुणात्मक र उच्चस्तरको थियो । घुम्टोभित्रै रहेर चुलोचौकोमा सीमित औंठाछाप महिलालाई घरको साँघुरो घेराबाट बाहिर निस्कन अभिप्रेरित गर्दै उनीहरूलाई समूहमा आबद्ध गराएर व्यावसायिक अवसर प्रदान गर्न तथा म आफूभित्र पनि केही इलम गर्न सक्ने क्षमता र बुद्धि छ मैले पनि केही गर्नुपर्छ भन्ने आत्मज्ञान उनीहरूमा जागृत गराउन ग्रामीण विकास बैंकका गतिविधि सफल हुनुले त्यस समयमा ग्रामीण विकास बैंकको स्थापना सामाजिक जागरण र लैंगिक असमानता न्यून तुल्याउने दृष्टिले उपयुक्त कदम रहेको कुरा पुष्टि हुन्छ ।
यसरी ग्रामीण क्षेत्रमा रहेका गरिब महिलाको नेतृत्व क्षमतालाई विकास वा उजागर गर्ने काममा नेपालको लघुवित्त क्रियाकलापले पुर्याएको योगदान उल्लेखनीय छ । लघुवित्त क्रियाकलापमा एउटा पूर्णकेन्द्र निर्माण हुँदा त्यहाँ ५० जना ग्रामीण क्षेत्रका गरिब महिला भेला हुन पाउँछन् र व्यावसायिक सम्भावनाका बारेमा चर्चा र छलफल गर्ने अवसर प्राप्त गर्छन् । ती ५० मध्ये १० जनाले आ–आफ्नो समूहको अध्यक्षको भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्छन् भने अर्का १० जनाले समूह सचिवको जिम्मेवारी सम्हाल्ने मौका पाउँछन् ।
यसबाहेक ती १० जना अध्यक्षमध्येका एक जनाले केन्द्र प्रमुखको रुपमा र अर्का एक जनाले केन्द्र उपप्रमुखको रुपमा रहेर ती ५० जनालाई नेतृत्व गर्ने र केन्द्र बैठक सञ्चालन गर्ने प्रमुख व्यक्तिको रुपमा आफूलाई उभ्याउने मौकासमेत पाउँछन् ।
देशका पाँचैवटै ग्रामीण विकास बैंकको योगदानलाई यसरी समाजशास्त्रीय आँखाले हेर्ने काम त्यति बेला पटक्कै गरिएन । राज्यले अर्बौं रकम खर्च गरेर पनि गर्न नसकिने महिला जागृति, उनीहरूको आत्मसम्मानको अभिवृद्धि तथा अपहेलित वा उपेक्षित समुदायलाई व्यावसायिक तुल्याउने काम गरिबका घर आँगनमै पुगेर वित्तीयलगायत सेवा प्रदान गर्ने लघुवित्त नामको समाजिक बैंकिङमार्फत देशका कतिपय भूभागमा अत्यन्तै कम लागतमा सम्पन्न भएको छ भन्ने कुराको हेक्का कतैबाट पनि भएन ।
यसैगरी, प्रत्येक वर्ष, दुई वर्षमा अध्यक्ष र केन्द्र प्रमुखहरू साटफेर भइरहने परिपाटीका कारण नेतृत्वसम्बन्धी यस्तो मौका सबैले पालौपालो प्राप्त गरिरहेका हुन्छन् । पाक्षिक वा मासिक रुपमा सञ्चालन हुने केन्द्र बैठकमा ग्रामीण क्षेत्रका ती महिलाहरू आ–आफ्नो पदअनुसारको आसनमा रहेर बैठक सञ्चालन गर्ने, बचत गर्ने, कर्जाको माग वा सिफारिस गर्ने गर्छन् । यी सबै क्रियाकलाप भनेका वित्तीय सेवाप्राप्त गर्ने क्रियाकलाप मात्र नभएर प्रकारान्तरले ग्रामीण क्षेत्रमा रहेका गरिब महिलालाई नेतृत्व गर्न सिकाउने सामाजिक अभियान हुन पुगेको देखिन्छ ।
तर, देशका पाँचवटै ग्रामीण विकास बैंकको योगदानलाई यसरी समाजशास्त्रीय आँखाले हेर्ने काम त्यति बेला पटक्कै गरिएन । राज्यले अर्बौं रकम खर्च गरेर पनि गर्न नसकिने महिला जागृति, उनीहरूको आत्मसम्मानको अभिवृद्धि तथा अपहेलित वा उपेक्षित समुदायलाई व्यावसायिक तुल्याउने काम गरिबका घर आँगनमै पुगेर वित्तीयलगायत सेवा प्रदान गर्ने लघुवित्त नामको सामाजिक बैंकिङमार्फत देशका कतिपय भूभागमा अत्यन्तै कम लागतमा सम्पन्न भएको छ भन्ने कुराको हेक्का कतैबाट पनि भएन ।
कतिसम्म भने महिला जागृति र पिछडा वर्गको उत्थानका नाममा खुलेका सयौं संस्थाले समेत आफ्नै गाउँघरमा सञ्चालित यस किसिमका गतिविधिलाई अध्ययनको विषय बनाएको खासै देखिएन । परम्परागत जीवनपद्धतिभित्र रहेकी एक ग्रामीण महिलालाई चुलोचौकाको साँघुरो घेराभन्दा बाहिरको संसारतर्फ डोहोर्याउँदै सम्मानजनक रुपमा उभिने वातावरण तयार पार्न राज्यले कति रकम खर्च गर्नुपर्ने थियो ? आफूभित्र अन्तरनिहीत नेतृत्व क्षमताको पहिचान नै नभएका आमा र दिदीहरूलाई ५० जना सदस्य रहेको समूहको अध्यक्ष वा उपाध्यक्ष भनी जिम्मेवारी दिँदा ती ग्रामीण आमाहरूमा जुन आत्मसम्मान र कर्मशीलताको ऊर्जा प्राप्त हुन्छ ।
उनीहरूलाई त्यो अवस्थासम्म ल्याइपुर्याउन राज्यले कति ठूलो वित्तीय लगानी गर्नुपर्छ, घर वरपरको वातावरण वा पर्यावरणको संरक्षण गर्नुपर्छ अनि छोराछोरीलाई विद्यालय जसरी पनि पठाउनुपर्छ भन्ने चेतना ती निरक्षर आमाका मस्तिष्कसम्म पुर्याउन राज्यले सामाजिक जागरणका शीर्षकमा कति ठूलो रकम छुट्याउन पर्छ ?
लघुवित्त सेवाले पुर्याएका यस किसिमका अमूर्त तर अत्यन्त गहकिला यागदानको गहन अध्ययन गर्ने हो भने सरकार र सरकारको ढुकुटी सञ्चालकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले त्यस समयमा ग्रामीण विकास बैंकमा गरेको केही करोड लगानीको प्रतिफल अत्यन्त उच्चकोटीको रहेको कुरा पक्कै पनि पुष्टि हुनेछ ।
भनिन्छ, सामाजिक विज्ञानका हरेक विषयलाई मौद्रिक रुपमा वा रूपैयाँ पैसामा विश्लेषण गर्न सकिँदैन । त्यस्ता विषयको विश्लेषण पनि सामाजिक रुपमै हुनुपर्दछ । निरक्षर महिलालाई उनकै घर आँगनसम्म पुगेर परिवारका अन्य सदस्यलाई पनि विश्वासमा लिएर आफ्नो नाम आफ्नै औंलाले लेख्न सक्ने अवस्थामा पुर्याउँदै उनीहरूमा आत्मसम्मानको अभिवृद्धि गर्ने र जीवनप्रति आशामुखी तुल्याउँदै जाँगर र साहस भरिदिने काम कति मात्रामा भएको रहेछ ? त्यसको नापजोख लघुवित्त संस्थाका वित्तीय विवरणमा उल्लेख भएको हुँदैन ।
वासलातभित्रै केन्द्रित रहेर नाफाघाटाकै मात्र कुरा गर्ने हाे भने पनि वित्तीय संस्थाका त्यस्ता विवरणभित्र संस्थाको साख, ग्यारेन्टीलगायतका केही परिसूचक वासलातमा प्रत्यक्ष रुपमा देखिँदैनन्, जसलाई अफ व्यालेन्स सिट आइटम भन्ने गरिन्छ ।
लघुवित्त संस्थाका गतिविधि पुगेका गाउँघरले प्राप्त गर्न सकेको समावेशी संस्कृतिको अभ्यास, महिला जागृति अनि गरिबको झुपडीभित्र आमा, हजुरआमाको मनभित्र जागृत भएको आत्मसम्मानको उजेलो जस्ता अमूर्त परिसूचक भनेका चार्टर एकाउन्टेन्टले लेखापरीक्षण गरेका नाफा–नोक्सान हिसाबभित्र नदेखिने तर समाजशास्त्रीय विश्लेषकका आँखाले भने प्रष्टसँग पढ्न र नियाल्न सक्ने प्रकृतिका अफ ब्यालेन्स सिट आइटम हुन् ।
सामाजिक विश्लेषकका दृष्टिमा महत्वपूर्ण ठहरिने यस्ता विषयलाई गैरमौद्रिक प्रतिफलका रुपमा कहिल्यै हेरिएन, फलस्वरुप ग्रामीण विकास बैंक नामका यी लघुवित्त संस्था भनेका सरकारको लगानीमाथि लाभांश दिन नसक्ने अन्य सार्वजनिक संस्थान जस्तै सरकारको लागि बोझ हुन् भन्दै एकोहोरो रटान मात्र गर्न थालियो ।
गैरसरकारी संस्थाको योगदान नेपालको लघुवित्त यात्रामा ग्रामीण विकास बैंकको विस्तारसँगै गैरसरकारी संस्थाको माध्यमबाट समेत यस किसिमको सेवा प्रदान गर्ने अभ्यास आरम्भ गरिएको थियो । यस कार्यका लागि वित्तीय मध्यस्थता ऐन नै तर्जुमा गरी जारी गरिएको थियो ।
नेपालमा लघुवित्तको माध्यमबाट सामाजिक रुपान्तरणको लागि गरिएको यो अर्काे प्रयोग थियो । यो अभ्यासको क्रममा देशभर झन्डै ५० वटा गैरसरकारी संस्थालाई लघुवित्तको अवधारणा अवलम्बन गर्दै सीमित रुपमा वित्तीय सेवा सञ्चालन गर्न अनुमति दिइएको थियो । यी संस्थामध्ये अधिकांश हाल लघुवित्त वित्तीय संस्थाको रुपमा (‘घ’ वर्गका वित्तीय संस्थाको रुपमा) परिणत भइसकेका छन् ।
सामाजिक कार्य मात्र गर्ने अर्थात् नाफा कमाउने उद्देश्य नै नराखीकन सञ्चालन गरिएका यी गैरसरकारी संस्थाले सञ्चालन गरेका लघुवित्त कार्यक्रमको सामाजिक प्रभाव कस्तो रह्यो ? त्यसबारे पनि गहन अध्ययन हुन सकेको देखिँदन । आय–व्यय वा लाभांशजस्ता विषयभन्दा टाढा रहेर स्वयंसेवा, सामाजिक सुधार आदि जस्ता लोककल्याणकारी क्रियाकलापमा मात्र केन्द्रित संस्थाबाट सञ्चालित लघुवित्त क्रियाकलापको सामाजिक प्रभाव पनि प्रस्तुत प्रसङ्गमा अध्ययनका थप विषय हुन सक्छन् ।
सामाजिक विश्लेषकका दृष्टिमा महत्वपूर्ण ठहरिने यस्ता विषयलाई गैरमौद्रिक प्रतिफलका रुपमा कहिल्यै हेरिएन, फलस्वरुप ग्रामीण विकास बैंक नामका यी लघुवित्त संस्था भनेका सरकारको लगानीमाथि लाभांश दिन नसक्ने अन्य सार्वजनिक संस्थान जस्तै सरकारको लागि बोझ हुन् भन्दै एकोहोरो रटान मात्र गर्न थालियो ।
नियामक निकायको ध्यान नेपालमा हाल सञ्चालनमा रहेका लघुवित्त संस्थाहरू सबै एकै स्वरुप वा एकै प्रकृतिका छैनन् । लघुवित्त संस्थालाई आवश्यक पर्ने थोक कर्जा प्रदान गर्ने वित्तीय संस्थालाई पनि खुद्रा कर्जा प्रदान गर्ने संस्थाकै श्रेणीमा राखेर लघुवित्त वित्तीय संस्था भन्ने गरिएको छ । सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने सुविधा प्राप्त गरेका र त्यो सुविधा प्राप्त नगरेका दुवैथरी लघुवित्त संस्थालाई एउटै श्रेणीमा राखेर निर्देशन जारी गर्ने गरिएको छ । केही लघुवित्त संस्था लामो समयसम्म गैरसरकारी संस्थाको रुपमा रहेर हाल कम्पनीको अवधारणामा विकसित भई आएका छन् भने केहीचाहिँ सोझै लघुवित्त वित्तीय संस्थाको नाममा स्थापित भएका छन् ।
चुक्ता पुँजी र जगेडा कोषको आधारमा पनि हाल सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाबीच ठूलो अन्तर रहेको देखिन्छ । यस्तो परिस्थितिमा कतिपय अवस्थामा एउटै नीतिगत व्यवस्थाबाट सबै खाले लघुवित्त संस्थालाई समान रुपमा सम्बोधन गर्न सकिने अवस्था रहँदैन । उदाहरणको लागि तरलतासम्बन्धी हालको परिस्थितिका कारण थोककर्जाको अभावमा कतिपय लघुवित्त संस्था लगानी नै अवरुद्ध हुने परिस्थितिमा पुग्दै गरेको देखिन्छ भने थोककर्जाका लागि कम मात्रामा भर पर्नुपर्नु अर्थात् निक्षेप संकलन गर्ने विधा पाएका संस्थामा त्यस किसिमका समस्या नभएका वा न्यून रुपमा मात्र रहेको देखिन्छ ।
यस्तो अवस्थामा, नियामक निकायल सबै खाले संस्थालाई एउटै श्रेणीमा राखेर औसत निर्धारण गरी नीतिगत व्यवस्था गर्दा कुनै गणितज्ञले खोला किनारमा उभिएर खोलाको गहिराइलाई औसतमा गणना गरेजस्तो पो हुने हो कि ? यसतर्फ पनि विचार पुर्याउनु आवश्यक देखिन्छ ।
निष्कर्ष
नेपालको लघुवित्त यात्राले तेस्रो दशक पूरा गरेर चौथो दशक टेक्दै गर्दा लघुवित्त संस्थाका सञ्चालकको ध्यान नाफामूलक पक्षतर्फ अलि बढी नै केन्द्रित हुन थालेको तथा सामाजिक योगदानको अंश केही फिक्का हुँदै गएको कुरालाई नकार्न मिल्दैन । लघुवित्त क्रियाकलापको मूल पहिचानको रुपमा रहेको समूह गठन र त्यससँगै गरिने सामाजिक महत्वका क्रियाकलाप पनि कतिपय ठाउँमा औपचारिकतामा मात्र सीमित हुन पुगेको पनि देखिन्छ ।
पाक्षिक वा मासिक रुपमा हुने गरेका समूह बैठकमा पहिले जस्तो वातावरणीय चेतना, साक्षरता, स्थानीय व्यावसायिक सम्भावनाबारेका छलफल आदि जस्ता सामाजिक विषयले कमै महत्व पाउने गरेको र किस्ता असुल्ने र कर्जा माग गर्ने काममा मात्र यी बैठक सीमित हुने गरेको पनि कतैकतै देखिन्छ । एक जना गरिब र धितोविहीन महिलालाई कर्जा दिनुपर्दा समूहका अन्य गरिब महिलालाई सामूहिक रुपमा जमानीमा राखेर दिने परम्पराबाट आरम्भ भएको नेपालको लघुवित्त क्रियाकलाप आजका दिनसम्म आइपुग्दा धितो कर्जाको चरणमा पुगिसकेको छ ।
त्यति मात्र होइन, लघुवित्त वित्तीय सस्था अबका दिनमा माइक्रो इन्टरप्राइजेजको नयाँ अभ्यासमा लाग्नपछु भन्ने भनाइहरू पनि आइरहेका छन् । नेपालको लघुवित्त गतिविधिको यो लामो यात्रामा कतिपय कुरामा समयसापेक्ष वा आवश्यकता अनुसारको सुधार वा परिवर्तन पनि आवश्यक हुन्छ । तर हामीले सामाजिक बैकिङ भन्ने गरेका यी क्रियाकलापमा लघुवित्तको आधारभूत मर्म र सामाजिक चरित्रमा खलल नआउने गरी मात्र यस्ता नयाँ अभ्यास गर्दै जानुपर्ने देखिन्छ ।
हुन त, तीन दशक लामो यात्रामा सबै सकारात्मक परिणति मात्र हुन्छ भन्ने ठान्नु पनि ठीक होइन । समाजमा यी गतिविधिले दिएको योगदानको साथै यसका अध्यारा पक्षहरू पनि केलाउनु आवश्यक छ । तर, सामाजिक जागरण, समावेशी आर्थिक कार्यक्रमको अभ्यास तथा महिला सशक्तीकरणका दृष्टिले लघुवित्तले दिएको योगदानलाई पूरै बिर्सेर कहीँ कतै छिटपुट रुपमा देखापरेका कमीकमजोरीका आधारमा मात्र यसलाई हेरिनु हुन्न । नेपालको वित्तीय क्षेत्रमा मुनाफा आर्जनलाई नै प्रमुख उद्देश्य बनाएर स्थापना भएका संस्थाको कमी छैन ।
यसैगरी, दरिलो धितो लिएर मात्र व्यावसायिक परियोजनाका लागि कर्जा प्रदान गर्ने वित्तीय संस्थाका गतिविधि पनि मुलुकका पहाडी एवं ग्रामीण क्षेत्रसम्म विस्तार हुँदै गएको पाइन्छ । धितोविहीनलाई मात्र वित्तीय सेवा प्रदान गर्ने सामाजिक चरित्र भएका संस्थाको आवश्यकता भने यो मुलुकमा अझै कायमै रहेको अवस्था छ ।
यी सबै पक्षलाई विश्लेषण गर्दै लघुवित्त क्रियाकलापले पुर्याएको सामाजिक योगदानको गहन अध्ययनसहितको दस्तावेज तयार गरी त्यसबाट प्राप्त सुझावको आधारमा नेपालको लघुवित्त गतिविधिलाई अझ परिमार्जित गर्दै यसलाई नाफामुखी वित्तीय कार्यक्रमको रुपमा नभएर गरिबमुखी सामाजिक अभियानकै रुपमा अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ ।