काठमाडौं । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले कुल ३४ अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले जेठ महिनासम्ममा ३४ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेका हुन् ।
कम्पनीहरुले एक महिना अर्थात् जेठ महिनामा मात्र २ अर्ब ९६ करोड रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेका छन् । सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४० करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ ।
बिमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार सगरमाथा इन्स्योरेन्सले २ अर्ब ७९ करोड ९४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड २८ लाख, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड ५३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड ४९ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ७० करोड रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५३ करोड ७२ लाख रुपैयाँ आर्जन गरेका छन् ।
त्यस्तै, हिमालयन जनरलले १ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ४४ करोड ४५ लाख रूपैयाँ, युनाइटेड इन्स्योरेन्सले १ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड ६५ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब २२ करोड २२ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २० करोड ४८ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ११ करोड १० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
साथै, जनरल इनस्योरेन्सले ८१ करोड ७८ लाख रुपैयाँ, सानिमा जनरलले ९० करोड ६८ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ८० करोड १५ लाख रुपैयाँ आर्जन गरेका छन् ।