काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघु बिमामा प्रत्येक दिन मोबाइलबाट ५ रुपैयाँ कटाएर बिमा गर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । सोमबार बिमासम्बन्ध समसामुहिक विषयमा पत्रकार सम्मेलन गरी सिलवालले सो कुरा बताएका हुन् । लघुबिमा कम्पनीहरुमा विपन्न वर्गका मानिसहरुले ५ रुपैयाँ कटाएर बिमा व्यवस्था गरिने सिलवालले बताए ।
उनले स–सानो रकमबाट आफू र आफ्नो परिवार, घर, व्यवसाय खेतीपाती, पशुपन्छी, जडिबुटी लगायतको बिमा गरी जोखिम बिमा कम्पनीहरुलाई हस्तान्तरण गर्न आवश्यक रहेको बताए । बिमा कम्पनीले लघुबिमाको टार्गेट पूरा गर्न नसकेपछि बाध्य भएर लघुबिमा कम्पनीको स्थापना गर्नुपर्ने बताएका छन् ।
नेपालमा २५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको भन्दै उनले भने ‘गरिबी निवारणको एउटा उपकरण लघुबिमा पनि एक हो ।’ ठूला कम्पनीलाई विगत कैयांै वर्षदेखि विध्यमान बीमा कम्पनीहरुलाई समग्र व्यवसायको १० प्रतिशत व्यवसाय लघु बिमा हुनु पर्यो भन्दै टार्गेट दिदा यस्तो व्यवसायमा खर्च बढी हुने भन्दै कम्पनी जान नमानेकाले बाध्य भएर लघु बिमा कम्पनी स्थापना गर्नु परेको उनको तर्क छ ।
लघुबिमा कम्पनीहरु ग्रामीण इलाकामा जाने र त्यहाँका उपभोक्ता समूह, सहकारी, आमा समूह, युवा समूह, क्लबलगायतका माध्यमबाटा सानो सानो बिमांकको बिमा गर्ने भएकाले उनीहरुले सजिलै लघु बिमा गर्न सक्ने बिमा समितिको दाबी छ ।
लघुबिमा कम्पनी आउँदैमा अहिले विद्यमान बिमा कम्पनीले लघुबिमा गर्नै नपाउने भन्दै नहुने र उनीहरुले पनि लघुबिमा गर्न सक्ने समितिले जनाएको छ । तर अव लघु बीमा कम्पनीको स्थापनासँगै जम्मा व्यवसायको १० प्रतिशत लघुबिमा व्यवसाय गर्नै पाउने टार्गेट भने नहुने अध्यक्ष सिलवालले बताए ।