काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित १० सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बिहीबार अबेर गरी ती सहसचिवको सरुवा टुङ्ग्याएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव एवं प्रवक्ता वसन्त अधिकारी काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका छन् भने त्यहाँका लोकनाथ पौडेल मन्त्रालयको अतिरिक्तमा तानिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोक राज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् भने सूचना विभागमा महानिर्देशक गोगनबहादुर हमाल गृह मन्त्रालय आएका छन् ।
अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ भने बेपत्ता आयोगकी रोशनी कुमारी श्रेष्ठको गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश राउतको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, वित्त आयोगका शम्भु कार्की शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, स्थानीय पूर्वाधार विकास मन्त्रालयका कृष्ण कुमार मिश्र भौतिक पूर्वाधार विकास मन्त्रालय मधेस प्रदेश र त्यहाँका दीपक कुमार दासलाई वित्त आयोगमा सरुवा भएको छ ।
यससँगै अब बरन्डाका नामबाट परिचित मन्त्रालयको अतिरिक्त समूह केही रित्तिएको छ । अब विष्णु कोइराला र भुसाल दुई जना मात्रै अतिरिक्तमा छन् ।