काठमाडाैं । राउन्ड टेबल नेपालले अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक छवी बनाउन सफल व्यक्तित्वलाई सम्मान गरेको छ। राउन्ड टेबलले शुक्रबार राजधानीमा एक सम्मान समाहरोहको आयोजना गरेर सम्मान गरेकाे हाे।
सम्मानित हुनेहरूमा नेपाली नागरिकको तर्फबाट पहिलो पटक राउन्ड टेबल इन्टरनेसनलको अध्यक्ष बन्न सफल जयन्त अग्रवाल, राउन्ड टेबल इन्टरनेसनलका एसिया प्यासेफिक अध्यक्ष सौरभ केडिया, राउन्ड टेबल इन्टरनेसनलका कन्टेन्ट क्रिएटर तथा बाेर्ड असिस्टेन्ट विमल सिद्धार्थ बेद छन् ।
सम्मानित व्यक्तिलाई राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले मायाको चिनो प्रदान गरेका थिए ।
उक्त समाहरोहमा पूर्व सांसद बिमल केडिया, एनएएफ टिएका अध्यक्ष विनोद सेठिया, उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, रोटरी क्लबका डिस्ट्रक गभर्नर जितेन्द्र राजभण्डारी, लाइन्स क्लब काउन्सिलका अध्यक्ष केशव पाण्डे, नेपाल पर्यटन बोडका धन्नजय रेगमी, ४१ कल्ब अफ नेपालका अध्यक्ष मनोज दास,लेडिज सरकल नेपालका अध्यक्ष मानसी अग्रवाल, कान्तिपुरका प्रमुख कार्यकारी अधिकृत महेश्वर स्वरले सुभकामना मन्तव्य व्यक्त गरेका थिए।
राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालको सभापतित्वमा भएकाे कार्यक्रममा १ सय ५० भन्दा बढीकाे उपस्थिति थियाे। राउन्ड टेबल इन्टरनेसनलअन्तरर्गत विश्वका ६५ देशमा ३० हजार सदस्यहरू छन्। राउन्ड टेबल नेपाल, नेपालमा सन् १९८९ माश्री चन्द्र कुमार गोल्छाको अग्रसरतामा सुरुवात भएको थियो।
यसअन्तर्गत हालसम्म देशका १२ वटा सहरमा ३३ वटा टेबल गठन भइसकेका छन्। राउन्ड टेबल नेपालले 'शिक्षामार्फत स्वतन्त्रता' नामक दीर्घकालिन परियोजना चलाउँदै आएको छ। राउन्ड टेबल नेपालले ५० भन्दा बढी विद्यालयहरूको अपनत्व ग्रहण पनि गरिसकेको छ । ती विद्यालयमा ३८० भन्दा बढी कक्षा कोठा निर्माण गरी धेरै विद्यार्थीहरूलाई छात्रवृतिसमेत प्रदान गर्दै आएको छ। टेबलले देशभरिका २० हजार छात्रछात्राहरूका लागिअध्ययन गर्ने वातावरणसमेत बनाएको छ ।