बेल्जियम। एनआरएन ग्लोबल फउन्डेसनको बेल्जियम च्याप्टरले पूर्णता पाएको छ। एनआरएनका पूर्वअध्यक्ष शेष घलेको अग्रसरतामा बनेको फाउन्डेसनले बेल्जियममा पदम गुरुङको संयोजकत्वमा च्याप्टर बनाएको हो।
बेल्जियमको एन्त्वेरपेनमा भएको च्याप्टरको पहिलो बैठकले वरिष्ठ उपाध्यक्षमा सुदर्शन सिंखडा, उपाध्यक्षमा विनोद बानियाँ र रामबहादुर पुन, महिला उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई र महासचिवमा कौशल खनाललाई जिम्मेवारी दिएको छ।
त्यसैगरी च्याप्टरको सचिवमा मच्छिन्द्र दाहाल, सहसचिवमा जयप्रकाश गुप्ता, कोषाध्यक्षमा शान्ति भट्टराई, सहकोषाध्यक्षमा टीका भट्टराई, महिला संयोजकमा अनिता लामा र कार्यक्रम संयोजकमा साइमान आलेलाई चयन गरिएको छ।
बेल्जियम च्याप्टरका सदस्यमा राजु सुवेदी, कृष्ण क्षेत्री, क्षीतिज सुवेदी, जीवन गुरुङ, झलकमणि अधिकारी, विजय थापा, दिनेश पौडेल, मिन क्षेत्री, कृष्ण सुनार, दीपक प्याकुरेल, नविन पण्डित, उमेश घिमिरे, राजन राई, विनय केसी र मधु रेग्मी चयन भएका छन्।
च्याप्टरका सल्लाहकारमा प्रेम गुरुङ, नेत्र मगर, वीरमान घर्तीमगर, जीत लामा र चेतप्रसाद भट्ट मनोनित गर्ने निर्णय भएको महासचिव खनालले जानकारी दिए।