काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पछिल्लो दुइमहिना मात्र ५ सय २२ ओटा पसल तथा उद्योगहरुमा अनुगमन गरेको छ । चालु आवको हालसम्म अनुगमन गरिएका ५ सय २२ व्यवसायीक सस्थाहरुमध्ये २ सय १० पसल तथा उद्योगहरु कारबाहीमा परेका छन् ।
कारबाहिमा परेका सस्थाहरुबाट ३३ लाख ३० हजार रकम जरिवाना उठाइएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । दशैं सुरु हुनु अघि र दशैं लागेपछि असोज महिनामा सबैभन्दा बढी पसलको अनुगमन गरिएको उनले बताए । ‘साउनदेखि अहिलेसम्म ५२२ ओटा पसलको अनुगमन भएको छ’ उनले भने, ‘त्यसमा २१० ओटालाई कारबाही ग¥यौं । असोज महिनामै बढि अनुगमन भयो ।’
दशैैँ सुरुपछि विभागले झन्डै ६० ओटा पसललाई कारबाही गरेको छ । दशैंका बेला ठूलो परिमाणमा वस्तु तथा खाद्यान्नको खरिद विक्रि हुने हुँदा त्यहि समयको मौका छोपी व्यापारीले कालाबजारी तथा कार्टेलिङ नगरुन भनेर अनुगमन तीव्र गरिएको गौचनले बताए ।
विभागले काठमाडौं उपत्यकाभित्रका ठूला व्यापारीक प्रतिष्ठान, तरकारी बजार, फेन्सी पसल, खाद्य पसल, ग्याँस उद्योग, मासु पसल र सडक छेउका होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको थियो । त्यस्तै अष्टमी र नवमीमा भने विभिन्न राजमार्ग तथा सडक छेउका होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको थियो ।
सोहि क्रममा विभिन्न २१ ओटा होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनमा अधिकांशले गुणस्तरहीन तथा दुषित खाना, अस्वभाविक मुल्य लिने गरेको पाइएको विभागले जनाएको छ । सडक छेउछाउका १२ ओटा रेष्टुरेन्टलाई कारबाही गरि ४ लाख रुैपैयाँ जरिवाना गरेको विभागले जनाएको छ ।