काठमाडौं । नेपालमा व्यावसायिक वातावरण सुध्रिँदै गएको विश्व बैंकको एक अध्ययनले देखाएको छ । विश्व बैंकले प्रकाशित गर्ने डुइङ विजनेस प्रतिवेदनले नेपालमा व्यावसायिक वातावरणमा सुधार भएको देखाएको हो ।
गतवर्ष विश्व बैंकले प्रकाशित गरेको डुइङ विजनेसमा नेपालको व्यवसायिक अवस्था बिग्रिएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकले स्तर खस्किएको प्रतिवेदन सार्वजनिक गरेपछि आपत्ति जनाएका थिए ।
तर यो वर्षभने नेपालको व्यवसायिक अवस्था सुधार भएको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो । जनाएपछि यस वर्षको रिपोर्टमा नेपालको अवस्था सुधारिएको हो ।
रिपोर्ट अनुसार अहिले नेपाल ९४ औं स्थानमा उक्लिएको छ । गतवर्ष ११० स्थानमा थियो । विश्व बैकले प्रत्येक वर्ष रिपोर्ट प्रकाशित गर्दै आएको । यस वर्ष नेपाल १६ स्थान माथि उक्लिएको छ ।
विश्व बैंकले तयार पारेको रिपोर्टअनुसार निर्माण अनुमतिका लागि दिने प्रक्रियामा यो वर्ष सुधार गरेको छ । ऋण प्रवाह, अन्तरदेशीय व्यापार, ठेक्का सम्झौतामा नेपालले सुधार गरेको छ । ईविडिङले पनि नेपालको अवस्थामा सुधार गरेको बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।
व्यवसाय सुरु गर्नुअघि नै सामाजिक सुरक्षामा दर्ता हुनुपर्ने कानूनी व्यवस्थाले सुरुवातमै व्यवसाय गर्नेलाई गाह्रो बनाएको विश्व बैंकले जनाएको छ । यस्तै निर्माण अनुमतिपत्रमा सहजीकरण, कर्जा सूचनाको दायरामा वृद्धि भएको उल्लेख गरेको छ ।
दक्षिण एसियामा नेपाल तेस्रो
व्यवसायीक वातवरण भएको मुलुकमा दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहेको छ । भारतलाई भुटान र नेपालले पच्छाइरहेका छन ।
भारतमा व्यवसायिक वातावरणको अवस्थामा सुधारआई ६३, भुटानको ८९ र नेपालको ९४ र्औं स्थानमा रहेको छ । श्रीलंका ९९, पाकिस्तान १०८, माल्दिभ्स १४७, बंगलादेश १६८ र अफगानिस्तान १७३ औं स्थानमा रहेको विश्व बैंकले जनाएको छ ।