काठमाडौं । रोजगारदाता कम्पनी र श्रमिकहरु दर्ता हुन नआएपछि सामाजिक सुरक्षा कोषले १ महिना समय थप गरेको छ । कोषले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित भएको एक महिना समय थप गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए ।
सुचिकरणका लागि व्यवसायिक प्रतिष्ठानबाट माग भई आएकाले समय थप्न लागिएको उनले जानकारी दिए । कोषमा दर्ता हुनका लागि असोजसम्म समय दिएको थियो । दशैं र तिहार जस्ता ठुला चाड परेकाले पनि समय थपेको मन्त्री विष्टले स्पष्टपारे ।
अझै ठुलो संख्यामा व्यवसायिक प्रतिष्ठान कोषमा सुचिकरण हुन बाँकी रहेको उनको भनाई छ । ठुला व्यवसायिक प्रतिष्ठानले समय मागेको उनले जानकारी गराए ।
हालसम्म कोषमा सुचीकृत भएका रोजगारदाता ८ हजार ८१८ र योगदानकर्ताको संख्या १ लाख ९६८ पुगेको छ कोषले जनाएको छ । यस्तै ७ करोड ६५ लाख रुपैयाँ भन्दा बढि योगदान रकम संकलन भएको छ ।
सरकारले २०७६ साउन १ गतेदेखि औपचारिक रुपमा योगदानमा आधारीत सामाजिक शुरक्षा योजना कार्यान्वयन ल्याएको हो । योजनाको कार्यान्वयनको सन्दर्भमा कोषमा सुचीकृत भइ योगदान दिइसकेका योगदानकर्ता इन्जिनियर रुपेन्द्र थापा र प्रकाश तामाङ मोक्तानका सडक दुर्घटनामा परी मृत्यु भएपछि मृतकका परिवार दाहसंस्कार खर्च २५ हजारका दरले र मासिक निवृत्तभरण क्रमशः १७ हजार १ सय र १० हजार २ सय प्रदान गरिएको मन्त्री विष्टले बताए ।
असोज मसान्तसम्मको समयावधि समाप्त हुनुभन्दा तीन दिन अघि सम्म तीनहजार पाँच सय भन्दा बढि रोजगारदाता सुचीकृत भएको र एक महिनाका लागि सुचीकरणको अवधि थपिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव नारायण रेग्मीले बताए ।
सामाजिक सुरक्षा कोषको लगानी कार्यविधि सामाजिक सुरक्षा कोष सञ्चालक समितिबाट पारित भइ स्वीकृतीका लागि मन्त्रालयलाइ पठाइएको छ । कार्यविधि पारित भएपछि योगदानकर्ता कर्जाअन्र्तगत सामाजिक, शैक्षिक, घरकर्जा, ठूला परियोजनामासमेत लगानी गर्न पाइने जनाएको छ ।

याे पनि पढ्नुहाेस्
सबै रोजगारदाता र कर्मचारी सामाजिक सुरक्षा कोषमा नआएपछि दर्ताको समय थपिदै
किन बन्दैछ सामाजिक सुरक्षा कोष असफल ? विज्ञ भन्छन–कोषको रकम प्रयोग गर्न पाउने अधिकार हुनुपर्छ