काठमाडौं। गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौं महाधिवेशन सम्पन्न भएको छ। एनबिओ अडोटोरियम हल मस्कटमा शुक्रबर महाधिवेशन सम्पन्न भएको हो । सातौं महाधिवेशनले एनआरएनए ओमानको आगामी २०२३–२५ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
सो सातौं महाधिवेशनले एनआरएनए ओमानका अध्यक्ष बिकल झालाई नै निरन्तरता दिएको छ। साे अधिवेशनले उपाध्यक्षमा सुरेश खड्का, रविन सिल्पकर,टीकाप्रसाद दाहाल र महिला उपाध्यक्षमा पूजा बस्नेत चयन गरेको छ भने महासचिबमा सुसन श्रेष्ठ, सचिवमा कमल अर्याल र लक्ष्मीप्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण पाण्डे, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा विनोद दास, युवा तथा खेलकुद संयोजकमा सुरज चित्रकार र महिला संयोजकमा गरिमा सुबेदी चयन गरेको छ ।
यस्तै कार्यसमितिको सदस्यहरुमा बसन्त नेपाली, काशीराम सुनार, सुबास काफ्ले, बिबेक ज्ञवाली, केशव केसी, कुलप्रसाद गेलाल, डिसुजा खनाल, रिना पुर्जा पुन, दिलिप पाण्डे, मिरा नेपाली चयन भएका छन्।