काठमाडौं। सरकारले २०४६ साल यताका सार्वजनिक पदधारण गरेका उच्च पदस्थ व्यक्तिहरुको सम्पति छानबिन गर्ने भएको छ। सरकारले सम्पत्ति–छानविन–आयोग–२०८३–गठन–तथा–कार्यसम्पादनको–शर्त अनुरुप उच्च पदस्थ व्यक्तिहरुको सम्पति छानबिन गर्ने भएको हो।
सरकारले मन्त्रिपरिषद्ले जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा देशाय बमोजिमको सम्पति छानबिन आयोग २०८३ गठन गरेको थियो। सरकारले उक्त समितिमा पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षत्यतामा पाँच सदस्य छानबिन आयोग गठन गरेको थियो।
सम्पति छानबिन आयोग २०८३, अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सरकारले ०४६ साल यताका सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पति छानबिन गर्न बाटो खुलेको हो। सरकारले दुई चरणमा उच्च पदस्थ व्यक्तिहरुको सम्पति छानबिन गर्ने भएको छ। सरकारले सार्वजनिक पदमा रहेका वा पदबाट सेवा निवृत भएका वा हटिसकेका देहायका पदाधिकारी र तिनका परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्तिको विवरण संकलन गर्ने र सो उपर जाँचबुझ गर्ने भएको हो।
सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ देखि आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म माथि खण्ड (क) मा उल्लिखित पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण सङ्कलन, पुष्ट्याँई र छानबिन गर्ने र दोस्रो चरणमा वि. सं. २०४८ सालदेखि आर्थिक वर्ष २०६१/६२ सम्मको अवधिमा माथि खण्ड (क) मा उल्लिखित पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन, पुष्ट्याँई र छानबिन गर्ने भएको हो। सरकारले २०४६ देखि २०८२ सालसम्मका अर्थमन्त्री र अर्थ सचिवको सम्पति छानबिन गरेमा २३ जना अर्थमन्त्री र २१ जना अर्थसचिवको रहेका छन्।
सम्पति छानबिनमा अर्थमन्त्रीहरु भरतबहादुर प्रधान, पशुपती शमशेर जवरा, डा. देबेन्द्रराज पाण्डे, गिरीजाप्रसाद कोइराला, महेश आचार्य, भरतमोहन अधिकारी, शेरबहादुर देउवा, डा.रामशरण महत, रबिन्द्रनाथ शर्मा, डा बद्रीप्रसाद श्रेष्ठ, मधुकर शमशेर जवरा, डा रुप ज्योति, डा बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुन, शंकरप्रसाद कोइराला, विष्णुप्रसाद पौडेल, कृष्णबहादुर महरा, ज्ञानेन्द्रबहादुर कार्की, डा युवराज खतिवडा, केपी शर्मा ओली, जनार्दन शर्मा र डा प्रकाशशरण महत रहेका छन्।
यस्तै, अर्थसचिवहरु डा शशिनारायण शाह, डा ठाकुरनाथ पन्त, राम विनोद भट्टराई, डा विमलप्रसाद कोइराला, भानुप्रसाद आचार्य, डा भोजराज घिमिरे, विद्याधर मल्लिक, रामेश्वरप्रसाद खनाल, कृष्णहरि बास्कोटा, शान्तराज सुवेदी, युवराज भुसाल, सुमनप्रसाद शर्मा, लोकदर्शन रेग्मी, शान्तराज सुवेदी, शंकरप्रसाद अधिकारी, राजन खनाल, शिशिरकुमार ढुङ्गाना, कृष्णहरि पुष्कर, तोयम राया र अर्जुनप्रसाद पोखरेल रहेका छन्।