काठमाडौं। सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले महावीर पुनसँग सोमबार सरकारले गरेको सहमति प्रविधि क्षेत्रका लागि सकारात्मक कदम भएकी बताएकी छन्।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०२३ को अवसरमा मंगलबार काठमाडौं आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन्।
आविष्कार र अनुसन्धानका लागि सरकार सँग विभिन्न माग गर्दै धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सँग सरकारले गरेको सहमति प्रविधि क्षेत्रको महत्त्वपूर्ण उपलब्धी हो,' मन्त्री शर्माले भनिन्, 'ज्येष्ठ १५ गते सरकारले ल्याउने बजेट भाषणमा बिकास बजेटको १ प्रतिशत रकमको अनुसन्धान कोष खडा हुने विषय यो क्षेत्रका लागि सकारात्मक कदम हो।'
उनले सूचना प्रविधीमा तीब्र विकास भइरहेको पनि बताइन्। 'कुनै समय मनोरञ्जनको विषयको रुपमा रहेको यो प्रविधि हाल अत्यावश्यकको विषय बनेको छ। यसको सुरक्षित प्रयोगका लागि सरकार तथा सबै क्षेत्र लागि पर्न आवश्यक छ,' शर्माले भनिन्, 'प्रविधी क्षत्रको विकासका लागि सरकार लागिरहेको छ।'
उनले यसको विस्तार र विकासका लागि आवश्यक कानुनी व्यस्थाका लागि सरकार निरन्तर काम गरिरहेको बताइन् ।
सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकको समृद्ध बन्छ भन्ने कुराना प्रतिबद्ध भएको उनको भनाइ छ। 'सरकारी निकाएका आन्तरीक कार्यहरू सूचना प्रविधि मैत्री हुँदै गएका छन्,' मन्त्री शर्माले भनिन्, 'सूचना प्रविधिको प्रयोग सुरक्षीत प्रयोगलाई प्राथमिकतामा राख्न जनचेतनामूलक कार्यक्रमहरु डिजिटल माध्यमबाट भइरहेको छ।'
उनले सेवा प्रवाहलाई सजिलो बनाउन प्रविधिको प्रयोग बढाउदै लग्न आवश्यक रहेको बताइन्। उनले सूचना प्रविधिको पहुँच सबैका लागि पुर्याउँन पनि आग्रह गरिन्। निजी र सार्वजनिक तथ्यांकहरुको सवालमा सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ।