‘बुबा अग्लो सगरमाथाको चुचुरो भै हेमका सोमए रुप!
यात्रा गर्दा कहिल्यै नथाकि प्रगतिपथलाई सबैलाई संघाल्ने रूप!!
हुन्छन बाबा भुवनभरका अनगिन्ति भावनाहरूको निकुञ्ज!
अदृश्य भएता पनि बाबा सधै, साहसका हुन्छन दिव्य पुञ्ज!!'
यस कार्याक्रममा सभाअध्यक्ष एवम् मेरो आदरणीय ठूलो बुबा ताराचन्द केडिया, प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद साह, विशिष्ठ अतिथि आदरणीय काका मदनलाल केडीया, केडिया परिवारसँग सदभाव राखि पाल्नु भएका सम्पूर्ण आत्मिय आदरणीय महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
आज यस कार्यक्रमको माध्यमबाट बोल्दै गर्दा एकातिर समाज, परिवार र देश प्रति निभाउनु पर्ने निष्ठा र आदर्शको अनुभूति भइरहेको छ भने अर्काे तिर यो क्षण मेरो मन निकै शोकाकुल अवस्थामा रहेको छ।
भनिन्छ, समय कसैको लागि पनि पर्खिदैन, तर मेरो लागि बुबा हिजो पनि आज पनि र भोलि पनि साथमा नै रहि मार्ग दर्शक भइरहनु भएको छ।
हामी मान्छौं, आमा र बाबा हाम्रो भगवान हुन भनिन्छ। आमा धर्तिकी प्रतिक हुन भने बाबा विशाल हृदयको आकास हुनुहुन्छ। म यो भावविहोल अवस्थामा आमाको करुणाले आफूलाई सम्हाल्ने कोसिस गरिरहेको छु र सँगै केडिया परिवार, बुबाका इष्टमित्रहरूले गर्दा पनि जीवनको यस यात्रामा निरन्तर चल्ने प्रयास गरिरहेको छु।
आज उँहाको जीवनका केही अविस्मरणीय पलहरू पुस्तकको पानामा कोरिएको छ। यो पुस्तकभित्रका शब्द भोगाई, संघर्ष, योगदान आज र भोलिका पाठक र सन्ततीलाई एउटा प्रेरणाको स्रोत बन्ने छ। साथै पुर्खाको योगदानलाई अभिलिखित गरी समाज समक्ष पुर्याउनुले अझ केडिया परिवारले समाज र राष्ट्रप्रति देखाएको देश भक्ति प्रस्ट हुनेछ।
अन्तमा, सम्माननीय उपराष्ट्रपतिज्यूलाई व्यक्तिगत तर्फबाट यस कार्यक्रमको महत्वलाई बुझी बिदाको दिनमा पनि बुबाको आत्मसम्मान र बुबाले समाज र राष्ट्रप्रति गर्नु भएको योगदानको कदर गर्दै गरिमामय उपस्थिति भई कार्यक्रममा पालीदिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु।