काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको क्वालालम्पुरमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिति गठन गरेको छ।
आगामी २०२३–२५ कार्यकाल निर्वाचनका लागि निर्वाचन समितिको संयोजकमा आइसिसि सचिव एवं संघका पूर्वअध्यक्ष खगेन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ।
समितिका अन्य सदस्यमा बाबुराम शर्मा, बिष्णु पौडेल, पर्शु गौली र भिमबहादुर बुढाथोकी छन।
उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले निर्वाचन प्रमुख न्यौपानेलाई पत्र हस्तान्त्रण गरेका छन।
गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष थापाले एनसिसी बैठकले संघको २०२३–२५ कार्यकालका अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको बताए।
संघका अध्यक्ष थापाको अध्यक्षतामा बसेको उक्त बैठकले सदस्यता आवेदनको अन्तिम मिति निर्धारण गरेको छ भने संघको अधिवेशन र संघको २०२३–२५ को कार्यसमिति निर्वाचन मिति जुलाई २९ र ३० गर्ने निर्णय गरेको छ।
एनआरएनए मलेसियाको आगामी अधिवेशनका लागी ४हजार ६ सय ९९ जनाले सदस्यता लिएका छन।
एनआरएनए मलेसियाले निर्वाचन समिति गठन गरी निर्वाचन संयोजकमा आइसिसी सचिव न्यौपानेलाई जिम्मेवारी दिएपछि उनले आफूलाई योग्य सम्झी उक्त जिम्मेवारी दिएकोमा कार्यसमितिलाई धन्यवाद दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने बताए।
न्यौपानले आफू अध्यक्ष भएको बेला एनआरएनए मलेसियाको हकहितमा धेरै काम गरेका थिए। हाल एनआरएनए मलेसियाले विश्वका शक्तिशाली एनआरएनएको सूचिमा आफ्नो नाम लेखाउन सफल भएको छ।