नेपाल चीन उद्योग वाणिज्य सङ्घको २०औं वार्षिक साधारण सभाले त्रिभुवनधर तुलाधरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
सङ्घका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभुषण चाकुबाजी, महासचिव विवेक पौडेल तथा कोषाध्यक्ष जगतबहादुर श्रेष्ठ चयन भएका छन् । नेपाल तथा चीनबीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवद्र्धनका लागि सन् १९९९मा नेपाल चीन उद्योग वाणिज्य संघको स्थापना भएको हो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष त्रिभुवनधर तुृलाधरले सबै उद्योगी व्यवसायीहरुको सहकार्य तथा राय सुझाबबाट सङ्घका गतिविधिहरु प्रभावकारी रुपमा अगाडि बढाउने कुरा बताए । उनले चीनका विभिन्न सङ्घ सङ्गठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदान गर्दै व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताए ।
कार्य समिति सदस्यमा अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्रलाल प्रधान, हुवाङ एर टोङ, लिमा अधिकारी, मदन मित्तल, मनीष राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रविन श्रेष्ठ, राजेन्द्र मान शेरचन, विक्रम पाँडे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमितकुमार अग्रवाल तथा ज्ञानेन्द्ररत्न तुलाधर निर्वाचित भएका छन् ।