काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघअध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता भए अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन्।
कोहलपुर उद्योग वाणिज्य संघको दसौं वार्षिक साधारणसभा तथा २५औं स्थापना दिवस कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसँग निरन्तर पहल भइरहेको जानकारी दिए।
उनले भने, ‘पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्या छन्। सानाठूला सबै तहका उद्योग, व्यवसायका लागि विविध खाले चुनौती छन्। औद्यागिक वातावरण बनाउन हामीले सरकारलाई बारम्बार आग्रह गर्दै आएका छौं। विज्ञ लगाएर सुुझाव तयार गरी बझाएका पनि छौं। ती कुरा कार्यान्वयन हुनुपर्यो।’
उनले पछिल्लो समय ट्रङ तथा डेडिकेटेड लाइनको महसुल विवादले पनि उद्योगी समस्यामा परेको बताए। ‘उद्योगको डेडिकेटेड र टंक लाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको छ। यसले औद्योगिक वातावरण बगार्छ । यसको समाधानका तत्काल उच्चस्तरीय आयोग वा संयन्त्र गठन माग गरेका छौं। यो समस्या कुनै एक निकायले समाधान गर्न सक्दैन’, उनले भने।
ढकालले निजी क्षेत्र सम्मिलित आयोग बनाई त्यसबाट समाधान निकाल्नुपर्ने बताए। उनले भने, ‘‘यसरी काटिएको लाइन जोडन र थप नकाट्न आग्रह गर्दछु। यसले रोजगारी र राजस्मा असर गरेको छ। मन्दीमा रहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ। मुलुकभरिकै व्यापार, व्यवसाय समग्र अर्थतन्त्रलाई प्रभावित पारेको छ।’
असोजमा राष्ट्रिय आर्थिक बहस आयोजना गरेका बेला त्यसमा अन्तरनिकाय समन्वय र नयाँ चरणको सुधारका लागि आयोग वा उच्चस्तरीय संयन्त्रको माग गरिएको उनले स्मरण गरे।
बह्य क्षेत्र सकारात्मक भए पनि मुलुकभित्र माग सिर्जना हुन नसकेको उनको भनाइ छ। ‘यो विगतमा एकपछि अर्को गरी भएका नीतिगत निर्णयका कारण हो। मुलुकमा भविष्य नदेखेर युवा पलायन भइरहेका छन् । रेमिट्यान्स आएको छ तर उपभोग बढेको छैन। हामीले यो समस्या हुँदै छ भनेर सरुमै सरकारको ध्यानाकर्षण गराए पनि समाधानमा ध्यान पुगेन’, अध्यक्ष ढकालले भने।
असोजमा राष्ट्रिय आर्थिक बहस आयोजना गरेका बेला त्यसमा अन्तरनिकाय समन्वय र नयाँ चरणको सुधारका लागि आयोग वा उच्चस्तरीय संयन्त्रको माग गरिएको उनले स्मरण गरे।
‘सोहीअनुरुप प्रधानमन्त्रीज्यूले संवाद परिषद् ब्युँताउने घोषणा गर्नुभयो तर बठक भएको छैन। उद्योग मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अन्तरनिकाय सम्मिलित राष्ट्रिय व्यापार सहजीकरण समितिको कार्यविधि बनाउन निर्देशन दिनुभएको छ। हामीले माग गरेको यही र यस्तै संयन्त्र हो, जसले संवेदनशील भएर उद्यमीका समस्या समाधान गरोस्। यो तत्काल बन्नुपर्यो र संयन्त्र निर्माण हुनुपर्यो। हाम्रो आग्रह छ,’ उनले भने।
थप व्यावसायिक वातावरण नबिर्गान सरकारलाई आग्रह गरिएको उनले बताए। व्यावसायिक वातावरण बिग्रिए थप समस्यामा पर्ने उनको भनाइ छ। ‘अहिले हालसम्मकै उच्च विदेशी विनिमय संचिति छ। अत्यधिक रेमिट्यान्स आइरहेको छ। बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त छ। यसको उपयोग निजी क्षेत्रले गर्ने हो। यसको वातावरण मात्रै सरकारले बनाइदिने हो’, उनले भने।
यसका लायि महासंघले सातै प्रदेशमा लगानी सम्मेलनको योजना पनि अगाडि सारेको अध्यक्ष ढकालले जानकारी दिए। कोहलपुरमा कुन–कुन क्षेत्रमा लगानी ल्याउन सकिन्छ, उद्योग व्यवसायको सम्भाव्यता कत्तको छ, यसमा गृहकार्य गर्न उनले आग्रह गरे। अवसर पहिचान गर्न सकिए लगानीको खाँचो नहुने उनले स्पष्ट पारे।