काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुरमा नेम्बाङले ६/७ महिनासम्म काममा ‘स्पीड’ नलिए सवै कर्मचारी असफल हुने बताएका छन् । पछिल्लो समय पूर्वाधार तथा विकास निर्माणका काममा कर्मचारीको काम गराइको प्रवृत्ती राम्रो नभएको भन्दै कर्मचारीलाई काममा ‘स्पीड’ बढाएर प्रगति देखिनेगरी काम गर्न आग्रह गरेका छन् ।
कर्मचारीको पछिल्लो कार्यशैली सुधार गर्दै कामको ‘स्पीड’ बढाएर काम गर्न ६/७ महिनाभित्र राम्रो प्रगति देखाउन आग्रह गरिएको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीले मन्त्रीले ६/७ महिनाभित्र काममा ‘स्पीड’ लिन नसकेर राम्रो प्रगति नदेखिएमा सवै कर्मचारी असफल भएकाले त्यअनुसार नै काम गर्न सुझाएको बताए ।
६/७ महिनाभित्र पनि कार्यशैली र कामको गति उस्तै रहे आफुले गम्भिर ‘याक्सन’ लिने मन्त्रीले बताएको ती कर्मचारीले बताए ।‘अहिलेका मन्त्री पनि ‘याक्सन’ लिने खालका रहेछन् । उहाँहरुले हामीले कामको ‘स्पीड’ बढाउनुपर्छ । ६÷८ महिनामै राम्रो प्रगति देखाउन सकेनौं भने हामी सवै फालिन्छौं भन्नुभएको छ’ ती कर्मचारीले सुनाए ।
रघुबीर महासेठ बाहिरीएपछि मन्त्री बनेका नेम्बाङका सामु धेरै चुनौती छन् । खासगरी, पूर्वाधार संरचना, सडक, पुल, रेल, तथा यातायातका क्षेत्रमा गर्नुपर्ने धेरै छ । खासगरी विकासको पहिलो आधारका रुपमा हेरिएको सडक निर्माण तथा स्तरोन्नतीमा धेरै समस्या छन् । हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, र पूर्व—पश्चिम विद्युत्तीय रेलमार्ग लगायतका गौरवका आयोजनाले पनि गति लिन सकेका छैनन् ।
झन्डै ४७७ सडक आयोजना अहिले रुग्ण अवस्थामा छन् । ठेकेदार कम्पनीले ठेक्का लिएका आयोजना समयमै सम्पन्न नगर्दा अधिकांश आयोजनाको म्याद थप्ने काम भएको छ ।
प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका सडक तथा पूर्वाधार आयोजना विभिन्न कारणले अघि बढ्न सकेका छैन् । जग्गा प्राप्ती, रुख कटान, निर्माण सामग्री खरिद र अन्तर निकायगत समन्वयनको अभावले सडक लगायतका पूर्वाधार आयोजना अघि बढ्न सकेका छैन् । जसका कारणले सरकारले पूँजीगत खर्च गर्न सकेको छैन् ।
त्यस्तै, ३०० विद्युत्तीय बस सञ्चालन प्रक्रिया पनि अन्यौलमै छ । साझालाइ विद्युत्तीय बस खरिदको जिम्मा दिइएपनि मन्त्रालयको रोक्ने निर्देशनले तीन महिनादेखि खरिद प्रक्रिया अघि बढेको छैन् । जयनगर—कुर्था रेल अझै कहिलेसम्म आइपुग्ने हो अत्तोपत्तो छैन् ।
हुलाकी राजमार्ग निकुञ्ज क्षेत्रको जग्गा प्रयोगका कारण अघि बढ्न सकेको छैन् । पूर्व—पश्चिम रेलमार्ग निर्माण पनि उस्तै समस्या छ ।