काठमाडौं । लगानी सम्मेलनमा शो—केस गरिएका ५० आयोजनामध्ये १४ आयोजनाका लागि ११ खर्ब ८८ अर्ब रुपैयाँ लगानी सुनिश्चित भएको छ । ती आयोजनाको पूर्वयोग्यता मुल्याङ्क सम्पन्न गरी योग्य लगानीकर्ताको सुची समेत तयार गरिएको लगानी बोर्डले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
शो–केस गरिएका परियोजनामध्ये १६ आयोजनमा परेका आवेदनहरु अस्वीकृत भएका छन् । त्यस्तै २० ओटा परियोजनामा भने आवेदन नै नपरेको बोर्डले जनाएको छ ।
शो केस गरिएकामध्ये ७६५ मेगावाटको तमोर जलाशययुक्त परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनौट भएको छ । १० अर्ब ५४ करोड रुपैयाँ अनुमानित लागतमा भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्व्लिङ प्लान्ट परियोजनाका लागि कोरियाको मोट्रेस कम्पनीसँग लगानी सम्झौता अघि बढाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीइओ) महाप्रसाद अधिकारीले बताए ।
त्यस्तै, विराटनगर, वीरगञ्ज र भैरहवामा निर्माण हुने १३ अर्ब लागतको मल्टीमोडेल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययन(डीपीआर) का लागि २ छुट्टा छ्ट्टै कम्पनीसँग समझदारीपत्र(एमओयू) मा हस्ताक्षर भएको छ ।
प्रस्ताब आब्ह्वान नगरिएका परियोजनामा प्राप्त १५ प्रस्तावमध्य १० ओटा परियोजना कार्यान्वयनका लागि अध्ययनको चरणमा रहेका छन् । त्यस्तै सम्मेलनमा हस्ताक्षर तथा घोषणा भएका १६ समझादारीहरु कार्यान्वनय प्रकृयामा अघि बढेको अधिकारीले बताए ।
बोर्डका अनुसार ५ खर्ब ६५ अर्ब रुपैयाँ लागतका ९ ओटा विभिन्न क्षेत्रका परियोजना कार्यान्वयन भइरहेका छन् । जसमध्ये १ खर्ब ४ अर्ब रुपैयाँ लागतको अरुण तेस्रो जलविद्युत्को निर्माण कार्य एक तिहाइ पूरा भएको बोर्डले जनाएको छ ।
त्यस्तै, होङ्सी सिमेन्ट प्रालिले दोस्रो चरणको उत्पादन योजनाका लागि आवश्यक तयारी सुरु गरेको बोर्डले जनाएको छ । यसै बर्ष सिलन्यास भएको ह्वासिन नारायणी सिमेन्टले सन् २०२० को जुलाइभित्र आफ्नो उत्पादन थाल्ने बोर्डले जानकारी दिएको छ ।