काठमाडौं। बिवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नेपालमा बिक्री भएका सबै बिवाईडी इलेक्ट्रिक भेइकल (ईभी)मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागू गर्ने घोषणा गरेको छ। ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगको नयाँ बेन्चमार्क बन्ने छ।
बिवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउने गरी कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो। यस वारेन्टीअन्तर्गत ब्याट्रीमा पहिले उपलब्ध भएको ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर बनाइएको छ। यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो।
यस्तै, मोटर वारेन्टीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर बनाइएको छ। होल भेइकल वारेन्टीमा लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्टलगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर बनाइएको कम्पनीले जनाएको छ।
जनरल भेइकल पार्ट्स वारेन्टीतर्फ अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटरलगायतका विभिन्न पार्ट्सवाहेकका सबै भेइकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७।५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पुर्याइएको छ।
यो एक्सटेन्डेड वारेन्टी नीतिले बिवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनियताप्रतिको बलियो विश्वासलाई झल्काउँछ। ग्राहकलाई एउटा विश्वासको अनुपम भावना र दीर्घकालीन आश्वासन प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ। जसले ईभीको अपनत्वलाई एउटा तनावरहित अनुभव प्रदान गर्ने छ।
यो नयाँ अपडेटबारे बोल्दै साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हाम्रो यो एक्सटेण्डेड वारेन्टीले बीवाईडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति हाम्रो दृढ विश्वास र हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ। विद्युतीय सवारीतर्फको रुपान्तरण तीव्र गतिमा अगाडि बढिरहेको समयमा, यो पहलले हाम्रा ग्राहकहरू माझ दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौँ।’
अटोमोबाइल उद्योगकै उत्कृष्ट आफ्टर सेल्स सपोर्टका साथ अत्याधुनिक सवारी साधन उपलब्ध गराएर विद्युतीय सवारीको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न साइमेक्स सदैव प्रतिबद्ध रहेको जनाइएको छ। नेपालभर रहेका १३ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर तथा बढ्दो सेल्स र चार्जिङ नेटवर्कमार्फत बीवाईडीका ग्राहकले आफ्नो यात्राको क्रममा जहाँबाट पनि सपोर्ट प्राप्त गर्न सक्ने छ।
परिमार्जित वारेन्टी नीतिबारे विस्तृत जानकारीका लागि ग्राहकहरूले नजिकको बिवाईडी शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्ने छन्।