काठमाडौं। नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६औं वर्ष प्रवेश गरेको छ। कम्पनीले वार्षिकाेत्सव अवसरमा ग्राहकका लागि विशेष ‘१५ प्रतिशत छुट’ अफर घोषणा गरेको छ।
सन् २०१० मा वीरगञ्जबाट सुरू भएको डाइनामिक टेक्नोसफ्टले नेपाल, भारत र जापानमा गरी २२०० भन्दा बढी ग्राहकको विश्वास हासिल गरेको छ ।
कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण, सेवालगायत क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउने उद्देश्यले डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी, मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयर विकास तथा विस्तार गर्दै आएको छ।
डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो। यस कम्पनीसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलर र १०० भन्दा बढी प्राविधिक विज्ञको दक्ष टिम रहेको छ।
डाइनामिक टेक्नोसफ्टले शिक्षा क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजलाई सेवा दिइरहेको छ भने स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजसँग सहकार्य गरिरहेको छ।
यसबाहेक कम्पनीको ईआरपी सोलुसन नेपालका विभिन्न पालिकामा समेत प्रयोग भइरहेको छ।
कम्पनीले दुबई, मलेसिया र इन्डोनेसियाजस्ता मुलुकमा पनि सेवा विस्तार तयारी गरेको छ।
वार्षिकोत्सव कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत दीपक साहले भने, ‘१५ वर्षको यात्रामा विश्वास, प्रतिबद्धता र निरन्तर सुधारको माध्यमबाट प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेका छौं। ग्राहकप्रति हाम्रो उत्तरदायित्वलाई अझ बलियो बनाउन आगामी दिनमा थप नवीनतम सेवा र समाधान लिएर आउनेछौं।’
वार्षिकोत्सव उपलक्ष्यमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादनमा सीमित अवधिका लागि १५ प्रतिशत छुट अफर दिएकाे छ।