काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहक सेवा लक्षित नयाँ अवधारणाको पहिलो ‘एनसेल सप इन सप’ रुपन्देहीको भैरहवामा सञ्चालनमा ल्याएको छ।
भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा बिक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले बिहीबारदेखि पहिलो सप इन सप सञ्चालन गरेको हो। एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले एनसेल सप इन सपको उद्घाटन गरे।
सप इन सपबाट ग्राहकहरुले एनसेलका सेवा–सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरबाट जस्तै गरी लिन सक्ने कम्पनीले जनाएको छ।
ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैं अन रिन्युअलजस्ता प्याक, सेवा–सुविधा लिने, ईसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउनेलगायत सेवा लिन सकिनेछ।
‘अब ग्राहकले नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन्। यो पहिलो सप इन सप एक उदाहरण हो। यस अवधारणाअनुरुप हामीले देशैभर विभिन्न स्थानमा थप सप इन सप सञ्चालनमा ल्याउनेछौं। यसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउनेछ’, एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले भने।
सप इन सपले आइतबारदेखि शुक्रबारसम्म ग्राहकलाई सेवा उपलब्ध गराउने एनसेलले बताएको छ।