काठमाडौं । डा. युवराज खतिवडाले बुधबार अर्थमन्त्रीको सपथ लिने भएका छन । प्रधानमन्त्री कार्यालयले खतिवडालाई अर्थमन्त्रीमा नियुक्ति गरेको पत्र दिइसकेको छ ।
भोली बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई दोस्रो कार्यकालका लागि सपथ ग्रहण गराउने भएकी छिन । खतिवडा आउँदो ६ महिनाका लागि अर्थमन्त्री हुनेछन्।
उनले आगामी आर्थिक वर्षको बजेट समेत ल्याउने अवसर पाएका छन । राष्ट्रियसभामा मनोनित भएमा उनी पुरै कार्यकालका लागि अर्थमन्त्री हुने छन ।
अर्थमन्त्री डा. खतिवडाको कार्यकाल सकियो, अब के गर्लान युवराजले ?
राष्ट्रियसभाको र अर्थमन्त्रीको दुई वर्षे कार्यकाल मंगलबार सकिएको छ । अर्थमन्त्री खतिवडासहित १८ जना सांसदहरुको पनि कार्यकाल सकिएको छ । राष्ट्रियसभाका लागि नेकपा उपाध्यक्ष बामदेव गौतमको शिफारिश भएको छैन ।
उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । गोलाप्रथाबाट खतिवडाले २ वर्षको अवधि पाएका थिए । नेकपामा तिब्र विवाद आएपछि राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित रित्त पदमा कसैको नियुत्ति भएको छैन ।डा. खतिवडाको ठाउँमा भने कसैको नाम सिफारिस हुन सकेको छैन ।
वामदेव गौतमको नाम सिफारिस गर्न नेकपा सचिवालयले निर्णय गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन् सचिवालका बहुमत सदस्यले उपाध्यक्ष बामदेव गौतमलाई शिफारिशको निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सो निर्णयमाथि चुनौति दिदै खतिवडालाई निरन्तरता दिने बताएका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौला प्रत्यारोपण गर्न सोमबार नै त्रिवि शिक्षण अस्पताल भर्ना भइसकेका छन ।