काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर अर्थमन्त्री डा. युवराज खतिवडा मंगलबारबाट बिदा हुँदै छन । अर्थमन्त्री खतिवडासहित १८ जना सांसदहरुकाे पनि कार्यकाल सकिएकाे छ ।
उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए ।गोलाप्रथाबाट खतिवडाले २ वर्षको अवधि पाएका थिए । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।
नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।
यस्तै कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिएको हाे ।
नेकपा सचिवालयमा तिब्र विवाद आएपछि राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित रित्त पदमा कसैको नियुत्ति भएको छैन ।डा. खतिवडाको ठाउँमा भने कसैको नाम सिफारिस हुन सकेको छैन ।
वामदेव गौतमको नाम सिफारिस गर्न नेकपा सचिवालयले निर्णय गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन् खतिवडाले आफू दोहोरिने दाबी गर्दै आएका छन् । सचिवालका वहुमत सदस्यले उपाध्यक्ष बामदेव गौतमलाई शिफारिशको निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सो निर्णयमाथि चुनौति दिदै खतिवडालाई निरन्तरता दिने बताएका थिए ।
मंगलबारदेखि कानूनत अर्थमन्त्रीकाे साथै सूचना तथा सञ्चारमन्त्री पद रित्त हुने छ । खतिवडाले मन्त्रीको हैसियतले मन्त्रालयमा गएर काम गर्छन की गर्दैनन त्यो हेर्न बाँकी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौला प्रत्यारोपण गर्न सोमबार नै त्रिवि शिक्षण अस्पताल भर्ना भइसकेका छन । खतिवडालाई मन्त्री नियुक्त नगरी उनी अस्पताल भर्ना भएका छन । खतिवडा राष्ट्रियसभामा नगए पनि आगामी ६ महिनाका लागि खतिवडा अर्थमन्त्री हुन पाउने छन । अर्थमन्त्री हुन उनले राष्ट्रपतिबाट पुनः सपथ लिनुपर्ने हुन्छ ।