काठमाडौं। चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ। शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सार्वजनिक गरिएको उद्योगसम्बन्धी प्रतिवेदन अनुसार चीनको पिज्जा बजार सन् २०२४ मा ४८ अर्ब युआनबाट सन् २०२५ मा ६० अर्ब युआन नाघ्ने अनुमान गरिएको छ। सन् २०२४ मार्चसम्म चीनभर ६० हजारभन्दा बढी पिज्जा पसल रहेका छन्।
सन् २०१६ देखि २०२२ सम्म, तेस्रो तहका सहर र गाउँ ९ नगरमा पिज्जा पसलहरूले वार्षिक १० प्रतिशतको दरले वृद्धि गरेका थिए। जुन ठूला सहरमा भएको ७ दशमलव ६ प्रतिशतको तुलनामा बढी हो। सन् २०२५ देखि सन् २०२७ भित्र ती साना सहरमा करिब १५ हजार नयाँ पिज्जा पसलहरू खुलने अनुमान गरिएको छ।
सन् २०२२ मा पहिलो पटक चीनमा अनलाइन (इन्टरनेटमार्फत) अर्डर गरिने पिज्जाको बिक्री प्रत्यक्ष पसलबाट भएको बिक्रीभन्दा बढी भयो। जसको हिस्सा ५८ प्रतिशत नाघ्यो। आगामी वर्षमा यो अनुपात अझ बढ्ने विश्वास गरिएको छ।
चीनमा पहिलोपटक सन् १९९० मा विदेशी लगानीमा आधारित पिज्जा रेस्टुराँ खुलेको थियो। त्यसबेला पिज्जालाई महँगो पश्चिमेली खाना मानिन्थ्यो र ठूला सहरहरूमा मात्र पाइन्थ्यो। तर पछिल्ला केही वर्षमा पिज्जा ग्रामीण क्षेत्रसम्म लोकप्रिय हुँदै गएको छ।
विश्लेषकहरूका अनुसार, पिज्जाको माग बढ्नुमा सजिलो परिकार, नयाँ स्वादको खोजी, स्थानीय परिकारसँग मिल्दोजुल्दो बनावट र ग्रामीण क्षेत्रका उपभोक्ताहरूको खर्च गर्ने क्षमतामा बृद्धिले योगदान र्पुयाएको छ।
चीनमा जनसङ्ख्याको अनुपातमा पिज्जा पसलको सङ्ख्या अझै कम रहेको प्रतिवेदनमा भनिएको छ। चीनको पिज्जा बजारको विकास त्यसको खुला उपभोक्ता संस्कार र दीर्घकालीन आर्थिक क्षमता दर्शाउने संकेत रहेको उद्योग विश्लेषकले बताए।
यो प्रदर्शनी सन् २०२५ शाङ्हाईमा सञ्चालन भइरहेको छ र यसमा ७५ वटा देश तथा क्षेत्रका पाँच हजारभन्दा बढी खाद्य कम्पनीहरू सहभागी छन्।