काठमाडौं। टेलिटक प्रालिले एचएमडीको नवीनतम स्मार्ट फोन ‘एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन, उन्नत क्यामेरा प्रणाली र सजिलै मर्मत गर्न मिल्ने प्रयोगकर्ता(अनुकूल डिजाइन समावेश गरिएको छ।
एचएमडीले विकास गरेको यो डिभाइस विशेषगरी दिगो प्रविधि र दीर्घकालीन प्रयोगका लागि तयार पारिएको हो, जसले नेपाली उपभोक्तालाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
टेलिटकका अनुसार, एचएमडी क्रेस्ट म्याक्स फाइभजी नवीनतम प्रविधिसँग सज्जित हुनुका साथै नेपाली बजारको आवश्यकता र चाहनालाई लक्षित गरी तयार पारिएको कम्पनीके दाबी छ।
अत्याधुनिक क्यामेरा प्रणाली
स्मार्ट फोन ट्रिपल रियर क्यामेरा सेटअपले सुसज्जित छ, जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा(वाइड लेन्स, र २ मेगापिक्सेलको म्याक्रो सेन्सर समावेश छन्। यी क्यामेराले विभिन्न कोणबाट स्पष्ट र विस्तृत तस्बिर खिच्न सक्षम बनाउँछन्। अगाडिको ५० मेगापिक्सेल हाइ रेजोल्युसन फ्रन्ट क्यामेराले उत्कृष्ट सेल्फी र भिडियो कल अनुभव प्रदान गर्छ, जसले सामाजिक सञ्जालमा सामग्री सिर्जनालाई थप सशक्त बनाउँछ।
गुणस्तरीय डिस्प्ले
यो स्मार्टफोनमा ६।६७ इन्चको फूल एचडी प्लस अएलइडी डिस्प्ले छ, जसले जीवन्त रङ, गहिरो ब्ल्याक लेभल र उत्कृष्ट कन्ट्रास्ट प्रदान गर्छ। यो डिभाइस युनिसक टी७६०फाइभजी प्रोसेसरद्वारा सञ्चालित छ र यसमा एन्ड्रेइड१४ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ।
८ जीबी र्याम र २५६ जीबी स्टोरेजले मल्टिटास्किङ तथा भारी एप्स चलाउन सहज बनाउँछ। माइक्रोएसडी कार्डद्वारा स्टोरेज थप विस्तार गर्न सकिने सुविधा पनि छ, जसले प्रयोगकर्तालाई लचिलो पन दिन्छ। याे माेबाइलमा ५,००० एमएएच क्षमताको ब्याट्री छ, जुन ३३ वाट फास्ट चार्जिङ सपोर्टसहित आउँछ। एचएमडी क्रेस्ट म्याक्स ५जी नयाँ सोच, नवप्रवर्तन र मानव केन्द्रित प्रविधिअनुसार तयार पारिएकाे एचएमडी ग्लोबलका भारत तथा एसिया प्रशान्त क्षेत्रका उपाध्यक्ष रवि कुँवरले बताए।
मूल्य
एचएमडी क्रेस्ट म्याक्स ५जी अब आकर्षक डीप पर्पल रङमा नेपाली बजारमा उपलब्ध छ। स्मार्ट फोनको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य नेपाली रुपैयाँ २२,९९९ निर्धारण गरिएको छ। ग्राहकले देशभरका आधिकारिक खुद्रा बिक्रेतामार्फत सजिलै प्राप्त गर्न सक्ने कम्पनीले बताएकाे छ।