काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विद्युतीय सवारी साधान (ईभी)मा कर बढाउने चर्चा चलेपछि व्यवसायीहरूले गाडी आयातलाई तीव्रता दिएका छन्। कर बढ्ने हल्लाले नयाँ बजेट आउनुअघि भन्सार र्याड ईभीले भरिभराउ भएको हो।
जेठ महिना लागेपछि मात्र करिब तीन हजार ईभी विभिन्न भन्सार नाका हुँदै नेपाल आएका छन्। नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट आयात भएको छ।
चीनबाट नेपालमा आयात हुने गाडी तातोपानी र रसुवा भन्सार नाकाबाट भित्रिने गरेका छन्। अहिले ती भन्सार कार्यालयका र्याडनजिक सडक छेउछाउ सबै विद्युतीय गाडीले भरिएको छ।
जेठ महिनामा रसुवागढी, तातोपानी र भैरहवा भन्सार हुँदै दुई हजार ८२२ युनिट ईभी गाडी नेपाल आएका छन्। जेठ १ गते देखि १४ गतेसम्म मात्र भैरहवा भन्सारबाट १ अर्ब ४० करोड १५ लाख रुपैयाँ बराबरको ६६२ युनिट ईभी नेपाल भित्रिएका छन्। उक्त, आयातबाट सरकारले ७५ करोड ९० लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
जेठ महिनामा मात्र रसुवागढी नाकाबाट मात्र एक हजार ७०० युनिट विद्युतीय गाडी भित्रिएको रसुवागढी भन्सार कार्यलयका सूचना अधिकारी रविन्द्र प्याकुरेल बताउँछन्। ‘जेठ १ गतेदेखि हिजोसम्म एक हजार ७०० युनिट ईभी हाम्रो भन्सारबाट जाँचपास भएका छन्,’ उनले भने, ‘यसमा सबैभन्दा धेरै बिवाईडीका गाडी आयात भएका छन्। रसुवागढी भन्सार कार्यलयमा अहिले सबैभन्दा धेरै बिवाईडी, एमजी, जेक्को र माइक्रो भ्यान आयात भएका छन्।’ पछिल्लो चार दिनदेखि रसुवागढी भन्सारबाट दैनिक ३५० युनिट गाडी जाँचपास भइरहेको उनको भनाइ छ।

अहिले जाँचपास भएर बसेका गाडीहरु धेरै र्याडमा छन्। जाँचपास भएका गाडी विस्तारै लग्छन्, रसुवागढी भन्सारबाट मुख्यगरी बिवाईडी, एमजी, जेक्को जे–६ एक्सपेङ, रिडारा, स्काइवेल, कमर्सियलमा किङलङ र हाइगरलगायत विद्युतीय सवारी साधन भित्रिने गरेका छन्।
गत वर्ष जेठ महिनामा मात्र २६/२७ सय गाडी आयात भएका थिए। यस वर्ष झण्डै चार हजार ४५ सय गाडी आएको छ। गत वर्षभन्दा दोब्बर बढी आयात भएको उनको भनाइ छ।
बजेटमा भन्सार दर परिवर्तन हुने डरले व्यवसायीले धमाधम गाडी ल्याइरहेका छन्। बजेटअघि सधैँ विद्युतीय गाडीको आयात बढ्ने गरेको पाइन्छ। गत वर्षको तुलनामा यस वर्ष दोब्बरले ईभी गाडीको आयात बढेको तातोपानी भन्सार कार्यलयका सूर्यप्रसाद आचार्य बताउँछन्।
‘तातोपानी नाकाबाट जेठ महिना लागेपछि ४६० युनिट ईभी गाडी आयात भएका छन्। विगतका वर्षमा पनि जेठमा अलि बढी आयात हुने गर्दथ्यो। यस वर्ष दोब्बर बढी आयात भएका छन्,’ उनले भने।
गत वर्ष जेठ महिनामा मात्र २६/२७ सय गाडी आयात भएका थिए। यस वर्ष झण्डै चार हजार ४५ सय गाडी आएको छ। गत वर्षभन्दा दोब्बर बढी आयात भएको उनको भनाइ छ।
नेपालमा आउने डिजेल-पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडीमा सरकारले कम कर लगाउँदै आएको छ। तर ठूलो आम्दानी गुम्न थालेको भन्दै ईभीमा पनि क्रमशः कर बढाउन थालेपछि व्यवसायी त्यसअघि धेरै गाडी भित्र्याउन लागिपरेका हुन्।
चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि विद्युतीय गाडीको कर बढाइएको थियो। चालु आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले विद्युतीय गाडीमा किलोवाटअनुसार कर बढाएका थिए।
अर्थमन्त्री पुनले ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाए। चालू आर्थिक वर्ष उक्त क्षमताको गाडीको भन्सार १० प्रतिशत मात्रै थियो भने अन्तःशुल्क थिएन। ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका गाडीका २० प्रतिशत भन्सार पु¥याएको छ। १५ प्रतिशत अन्तःशुल्क लगाएका थिए।
चालू आर्थिक वर्षमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइएको थियो। १०१ किलोवाटदेखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क लगाइएको थियो।
चालू आर्थिक वर्षमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइएको थियो। १०१ किलोवाटदेखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क लगाइएको थियो।
२०१ किलोवाटदेखि ३०० सम्म ६० प्रतिशत भन्सार ३५ प्रतिशत अन्तःशुल्क र ३०१ माथि ८० प्रतिशत भन्सार ५० प्रतिशत अन्तःशुल्क पुर्याइएको छ। कर बढ्ने आशंकापछि व्यवसायीले बजेटअगाडि धमाधम गाडी भित्र्याएका थिए। यस वर्ष पनि बजेटमा कर बढ्ने सम्भावना देखेपछि गत वर्षभन्दा दोब्बर बढी विद्युतीय गाडी व्यवसायीले आयात गरेका छन्।