काठमाडौं। डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड छुट्याइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै यस्तो घोषणा गरेका हुन्।
‘सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकसित नवितम प्रविधिको खोज अनुसन्धान र नवप्रवर्तनलाई जोड दिइनेछ।
डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करणलाई जोड दिइनेछ। डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड छुट्याइएको छ।’
अर्थमन्त्री विष्णु पौडेलले आगामी आथिृक वर्षको बजेटमार्फत् उक्त घोषणा गरेका हुन्। उनले नागरिकको वैयक्तिक स्वतन्त्रता र गोपनीयता हकको रक्षा गरिने बताए। साथै, सञ्चार तथा सुचना प्रविधि क्षेत्रमा विकसित नविनतम प्रविधिहरको खोज तथा विकास र नवप्रवद्र्धनलाई जोड दिइनेछ। डिजिटल नेपाल फेमवर्कको दोस्रो संसकरण तर्जुमा गरिनेछ।
डिजिटल साक्षरताको विषेश कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल पुर्वाधार निर्माण र इकोसिस्टम निर्माण गर्न ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ। डाटा सेन्टर निर्माण, सञ्चालन र पुर्वाधार विकासमा निजी क्षेत्रसँग साझेदार गरिनेछ। काठमाडौंमा सुचना प्रविधि पार्क स्थापना गरिनेछ।
सुचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न मध्य पहाडी क्षेत्रमा डाटा सेन्टरको स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ। डाटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी जग्गा, विद्युत उपलब्ध गराइनेछ। एकिकृत डाटा व्यवस्थापन केन्द्रको स्तरनोति गरिनेछ। कोहलपूरमा निर्माणाधिन डाटा सेन्टर सञ्चालनमा ल्याइनेछ।