काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अहिलेसम्म बोर्डले पुँजी बजारको आवश्यक पूरा गर्न नसकेको बताएका छन्। उनले बोर्डको ३३औं वार्षिक उत्सवको अवसरमा पुँजी बजारको विकासको तुलनामा बोर्डको संस्थागत, राजनीतिक मानवसंसाधनमा आवश्यक विस्तार हुन नसकेको उल्लेख गरेका हुन्।
‘नेपालको पुँजी बजारमा अत्यन्तै तिव्र गतिमा विकास भएको छ। तर, बजारको विकासको अनुपातमा धितोपत्र बोर्डको संस्थागत, राजनीतिक मानवसंसाधनमा आवश्यक विस्तार हुन नसकेको हो कि भन्ने अनुभव भएको छ,’ उनले भने, ‘पुँजी बजारको नियामक बोर्डलाई प्रभावकारी नियमन र सुपरिवेक्षणको क्षेत्रमा धेरै चुनौतीहरु थपिएको छ।’
बजार वृद्धिको तुलनामा नियामकबीचको असन्तुलनलाई गम्भिरता पूर्वक सम्बोधन गर्नु अहिलेको आवश्यकता भएकाे उनकाे भनाइ छ।
लगानीकर्ताको संरक्षण र बजारको दिगो स्थायित्व सुनिश्चित गर्ने दिशामा बोर्ड अहिले अग्रसर बताउँदै उनले भने, ‘धितोपत्र बजारलाई अवान्क्षित क्रियाकलापलाई समयमै नियन्त्राण गरी लगानीकर्ताको हकहित र संरक्षण तथा बजार स्वस्थ्य र पारदर्शी बनाइ पुँजी बजारप्रति सर्वसाधारणहरुको विश्वास कायम गर्न अझै जिम्मेवारी पूर्वक लाग्नेछ।’
सरकारको आगामी वर्षको बजेट वक्तव्यमा समेत बोर्ड संस्थागत क्षमता सुदृण गरिने र जोखिम न्यूनीकरण सम्बन्धि आवश्यक नीतिगत र कानुनी व्यवस्था गरिने जस्ता ट्रान्फरमेसनका विषयले नेपालको समग्र पुँजी बजारको विकासमा कोसेढुंगा सबित हुने उनकाे विश्वास छ। पुँजी बजारमा बढ्दो वित्तीय स्रोतको आवश्यकतालाई सम्बोधन गर्ने क्रममा बोर्डले लगानी प्रवधन गर्ने उद्देश्यले विभिन्न पुँजी संकलनका साधानहरु तथा औजारहरुलाई स्वीकृति दिँदै आएकोमा चालू वर्षको हालसम्म बोर्डले ५० अर्ब रुपैयाँ बराबरको धितोपत्र तथा पुँजी बजारहरुको स्वीकृति प्रदान गरेको छ।
बोर्डले पहिलो पटक नेपालमा हरित उर्जामा लगानी गर्ने उद्देश्यका साथ ग्रिन बण्डको स्वीकृति दिएर हाल सर्वसाधारणमा सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको छ। साना तथा मझौला लगानी संस्थाको धितोपत्र निष्कासन नियामवलीले एसएमइजहरूलाई धितोपत्र निष्कासनको प्राेत्सान गरेको छ।
यस्तै,स्टार्टअपलाई मोटिभेट गर्ने विश्वास बोर्डले लिएको छ। सार्वजनिक संस्थानहरुको धितोपत्रको दोस्रो बजारमा हुने कारोबार मूल्यमा अन्तिम समयमा हुने चलखेलमा नियन्त्रण गर्न व्यवस्थित कदम चालिएको उनकाे दाबी छ।