काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी मा लागू गरिएको नयाँ कर व्यवस्थाअनुसार एलआरआर मोटर्सले आफ्नो लोकप्रिय विद्युतीय गाडीको मूल्य समायोजन गरेको छ।
कम्पनीले जिली ईएक्स फाइभ म्याक्स र जिली ईएक्स फाइभ प्रोको बिक्री मूल्य समायोजन गरेको जानकारी गराएको हो। नयाँ मूल्य सूचीअनुसार जिली ईएक्स फाइभ म्याक्सको मूल्य ७३ लाख तथा जिली ईएक्स फाइभ प्रोको मूल्य ६२ लाख रुपैयाँ कायम गरिएको छ।
यसअघि जिली इएक्स फाइन म्याक्सको मूल्य ६८ लाख रुपैयाँमा कारोबार हुँदै आएको थियो। यस्तै, प्रोको मूल्य ५८ लाख रुपैयाँमा कारोबार हुँदै आएको छ।
यसअघि कम्पनीले जिली इएक्स ५ म्याक्सको मूल्य अघिल्लो ६८ लाखबाट वृद्धि भई अब ६९ लाख ९९ हजार बनाएको थियो भने जिली इएक्स ५ प्रोको मूल्य अघिल्लो ५८ लाखबाट बढाएर ५९ लाख ९९ हजार कायम गरेको थियो। पछिल्लो समयमा सरकारले करको दरमा हेरफेर गरेसँगै कम्पनीले मूल्य समायोजन गरेको हो।
मूल्य समायोजन ईभीमा लागू गरिएको नयाँ कर संरचनाका कारण भएको हो। सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत ईभीको भन्सार मूल्यांकनका आधारमा स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गरेको छ।
- २० लाखसम्म भन्सार मूल्य भएका विद्युतीय सवारी साधनमा २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने छ।
- २० लाखदेखि ३० लाखसम्म भन्सार मूल्य भएका सवारी साधनमा २० प्रतिशत शुल्क लाग्ने छ।
- ३० लाखदेखि ४० लाखसम्म भन्सार मूल्य भएका सवारी साधनमा ३५ प्रतिशत शुल्क लाग्ने छ।
- ४० लाखदेखि ५० लाखसम्म भन्सार मूल्य भएका विद्युतीय सवारी साधनमा ९० प्रतिशत शुल्क लाग्ने छ।
- ५० लाखभन्दा बढी भन्सार मूल्य भएका सवारी साधनमा १३० प्रतिशत शुल्क लाग्ने छ।
उक्त शुल्कका अतिरिक्त भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा सडक निर्माण दस्तुरसमेत लाग्ने भएकाले प्रिमियम श्रेणीका ईभीहरूको आयात लागतमा उल्लेखनीय वृद्धि भएको छ।
मूल्य समायोजन भए पनि जिली नेपाल नेपाली ग्राहकहरूलाई उत्कृष्ट मूल्य, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा सुविधा तथा विश्वस्तरीय स्वामित्व अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको छ। जिली इएक्सपाइभ हाल नेपाली बजारमा उपलब्ध सबैभन्दा उन्नत प्रविधियुक्त र सुविधा सम्पन्न ईभी एसयूभीमध्ये एकका रूपमा स्थापित छ।
यस विषयमा कम्पनीका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठ ले भने, 'नयाँ कर व्यवस्थाले ग्राहकहरूको खरिद निर्णयमा केही प्रभाव पार्न सक्ने विषयमा हामी सचेत छौँ। तथापि, सरकारले लागू गरेको नयाँ वित्तीय नीतिका कारण आयात लागतमा आएको अपरिहार्य वृद्धिलाई प्रतिबिम्बित गर्दै मूल्य समायोजन गरिएको हो। एलआरआर मोटर्स उच्च गुणस्तरका विद्युतीय सवारीसाधन, भरपर्दो बिक्रीपछिको सेवा तथा उत्कृष्ट ग्राहक सहयोगमार्फत नेपाललाई दिगो र वातावरणमैत्री यातायाततर्फ अग्रसर गराउने आफ्नो प्रतिबद्धतामा दृढ छ।'
जिली ईएक्स फाइभ प्रो तथा जिली ईएक्सपाइभ म्याक्ससम्बन्धी थप जानकारी प्राप्त गर्न इच्छुक ग्राहकलाई नजिकको जिली शोरुममा सम्पर्क गर्न वा जिली नेपालका प्रतिनिधिसँग विस्तृत जानकारी लिन सक्ने छन्।