काठमाडौं। अमेरिकाले आजदेखि १२ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत बुधबार घोषणापत्रमा हस्ताक्षर गर्दै १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको रोक आजदेखि कार्यान्वयनमा आएको हो।
अमेरिकाले अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ।
राष्ट्रिय सुरक्षालाई आधार बनाउँदै ती देशले अमेरिका प्रवेश गर्ने विदेशी नागरिकसँग सम्बन्धित सम्भावित सुरक्षा वा आतंकवादी जोखिमको पहिचान गर्न आवश्यक जाँच तथा स्क्रिनिङ प्रक्रिया पूरा गर्न नसकेको उल्लेख छ।
यस्तै, अमेरिकाले थप ७ देशका नागरिकका लागि पनि आंशिक प्रवेश प्रतिबन्ध लगाएको छ। बुरुन्डी, क्युबा, लाओस, सियरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुयला यस्तो प्रतिबन्धमा परेका हुन्।–एजेन्सी