काठमाडौं। विश्व वातावरण दिवसको उपलक्ष्यमा संस्कृति अन्तर्राष्ट्रिय विद्यालयले जेन गुडल संस्थान नेपालसँगको सहकार्यमा शंखमुलको संयुक्त राष्ट्र पार्कनजिकै वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो।
प्राथमिक विद्यालयका उत्साही विद्यार्थीदेखि माध्यमिक कक्षाका विद्यार्थी र सहयोगी अभिभावकदेखि कर्मचारी सदस्यसम्म, यस पहलले काठमाडौंमा हरियाली बढाउने प्रतिबद्धताका साथ सम्पूर्ण विद्यालय समुदायलाई एकजुट पारेको थियो।
जेन गुडल संस्थान नेपालका वन निर्माता तथा 'द रिभोलुसन प्रोजेक्ट’का सह-संस्थापक आयुष देव पन्तले भने, 'यो नयाँ रूख रोप्ने कार्य मात्र होइन, पुराना रूखहरू जोगाउने पहल हो। काठमाडौंका रूखहरू हराउँदै गएका छन् र हामी एक-एक रूख प्रायोजन गरी यस प्रयासबाट तिनलाई फिर्ता ल्याउने कोशिस गर्दै छौँ।'
संस्कृति अन्तर्राष्ट्रिय विद्यालयले मिलेर संयुक्त राष्ट्र पार्कमा उन्नाइस विभिन्न स्वदेशी प्रजातिका १२३ वटा रूख रोपे, जुन वृद्धि, आशा र सामूहिक जिम्मेवारीको शक्तिशाली प्रतीक थियो। यो केवल रूख रोप्ने अभियान मात्र नभएर वातावरणको हेरचाह कसरी गर्ने भन्ने व्यावहारिक पाठ पनि थियो।
यस अभियानबाट विद्यार्थीले माटो खनेर रूख रोप्ने मात्र होइन। तर प्रकृतिलाई माया गर्ने, वातावरणको हेरचाह गर्ने र दिगो विकासको बारेमा पनि सिके। कक्षा १० का विद्यार्थी पार्थले भने, 'यस परियोजनाको शुरुवातपछि स्थानीय वातावरणमा सकारात्मक परिवर्तन देख्ने आशा गर्छु।'
यो पहल केवल एक पटकको गतिविधि मात्र नभएर, संस्कृति स्कूलको प्रेरणादायी कार्यमुखी शिक्षामा विश्वास दिने आदर्शअनुसार निरन्तर जिम्मेवार नागरिक बनाउने प्रतिबद्धता हो।