काठमाडौं। लगनशीलता, मिहिनेत र धैर्यले सफलताको शिखर चुम्न सकिन्छ भन्ने गतिलो उदाहरण हो, आइएमई मनी ट्रान्सफर। जतिबेला नेपालमा विदेशबाट औपचारिक रुपमा पैसा पठाउने कुनै पनि माध्यम थिएनन्, त्यो बेला आइएमईले पहिलो पटक सहज रुपमा रेमिट्यान्स पठाउने व्यवस्था गरेको थियो। सोही सिलसिलामा २४ वर्षअघि हाल नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष रहेका चन्द्र ढकाल र उनका भाइ हेमराज ढकालले जन्माए, आएइमई।
रोजगारीका लागि विदेशी भूमिमा गएका व्यक्तिले आइएमई सुरु नगर्दासम्म अनौपचारिक च्यानल (हवाला, साथीमार्फत)मा भर परिरहेका थिए। न सुरक्षा थियो, न त पारदर्शिता। यही समस्यालाई समाधान गर्ने उद्देश्यले सन् २००१ मा आइएमई मनी ट्रान्सफर सुरुआत गरिएको थियो। यो नेपालकै पहिलो रेमिट्यान्स कम्पनी हो, जसले वैदेशिक आम्दानीलाई कानुनी र सुरक्षित प्रणालीमा रुपान्तरण गर्यो।
...
कुनै व्यवसाय गरेर एक व्यक्ति सफल हुने भन्दा पनि उसले राष्ट्रलाई के दियो भनेर हेर्नुपर्छ। उनीहरुको सोच र अभियानबाट देशको अर्थतन्त्रको प्रमुख स्रोत बनेको रेमिट्यान्स (विप्रेषण) लाई पारदर्शी र व्यवस्थित रुपमा स्वदेश भित्र्याउन सम्भव भएको छ। अहिले प्रायः हरेक नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग उनीहरुको कडा परिश्रमको टेको लागेको छ। ‘आइएमई’सँग सायदै कोही नेपाली अपरिचित नहोलान्, जो एउटा कम्पनी मात्र नभएर नेपालीको जीवनशैलीसँग जोडिन पुगेको छ।
आइएमईले सुरु गरेको रेमिट्यान्स सेवा केवल पैसा पठाउने माध्यम नभई विदेशमा श्रम गरिरहेका नेपालीलाई देशसँग जोड्ने पुल बनेको छ। यसले वैदेशिक आम्दानीलाई औपचारिक प्रणालीमा ल्याउँदै राष्ट्रको विदेशी मुद्रा सञ्चिति बढाउने, ग्रामीण आर्थिक गतिविधिमा योगदान पुर्याउने तथा आधुनिक वित्तीय पहुँचलाई विस्तार गरेकाे छ।
नेपालीले विदेशमा गरेको कमाइ औपचारिक बाटोबाट ल्याउने कामको थालनी यही कम्पनीले गरेको हो। अगुवा रेमिट्यान्स कम्पनीका रुपमा यसले रकम नेपाल भित्र्याएपछि सरकारलाई राजस्व नबढ्ने त कुरै भएन, जुन अहिले पनि आइएमई होस् या अरु कम्पनीबाट जारी छ। तर, त्यस समय हुन्डीमार्फत मात्र रकम नेपाल भित्रिने गरेको विकल्पमा नेपालमा पहिलो पटक यो नीतिगत व्यवस्थाको विकल्प उनीले नै दिएका हुन्।
यसले नेपालको सामाजिक अपराध या वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु लुटिनबाट पनि जोगाएको छ किनभने हुन्डी रकम हिनामिनाले हुने गरेका आपराधिक घटनाका समाचार त त्यो बेला धेरै आउने गरेका थिए। अहिले पनि आइरहेका हुन्छन्।
सरकारले सन २००१ मा रोजगारीका लागि मलेसिया खुला गर्यो। धेरै नेपाली गए। त्यसबेला नेपालमा पैसा भित्रिने कुनै कानूनी प्रावधान थिएन। नेपाल राष्ट्र बैंक पनि अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै चिन्तामा थियो। ‘यही समस्याको हलका लागि हाम्रो अनुभवलाई टेकेर ‘इन्टरनेसनल मनी एक्सप्रेस’(आइएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकसँग गर्यौं, अध्यक्ष ढकालले भने, ‘जुन सफल पनि भयो’।
त्यही आइएमई अहिले नेपालको ‘मनी ट्रान्सफर‘ को पर्यायवाची हो भन्दा फरक पर्दैन।
‘आइएमई स्थापना गर्दा हामी यो अवस्थामा पुग्छौं भन्ने चाहिँ लागेको थिएन’ अध्यक्ष ढकालले विगत सम्झिदै भने ‘हामीले एक खालको जोखिम नै मोलेका थियौं भन्ने लागेको हो। तर, जहाँ जति जोखिम त्यति नै सफलता पनि हात लाग्दोरहेछ। सुरुआती दिनमा हामीले आइएमई खोलेका छौं, तपाईंहरुको रकम सुरक्षित रूपमा घर परिवारसम्म पुर्याइदिन्छौं भन्दा मानिस पत्याउन पनि तयार भएनन्।तर, हाम्रो इमानदारीले विस्तारै यहाँसम्म ल्यायो।’
हाल आइएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन, व्यावसायिक क्षेत्रको एक उदीयमान ‘ग्रुप‘ पनि हो। यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना–प्रविधि, केबलकार र हस्पिट्यालिटीलगायत विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ। यी सबैको जगको ढुंगा आइएमई नै हो भन्दा फरक पर्दैन।
सेवा विस्तार र विश्वास
सुरुआती दिनमा आइएमईले मलेसिया, कतार, साउदी अरेबिया, कोरियाजस्ता देशबाट नेपालीले पठाउने रकम नेपालमा छिटो र सुरक्षित रूपमा पुर्याउने सेवा सुरु गर्याे। प्रयोगकर्तामैत्री सेवा, व्यापक एजेन्ट नेटवर्क र विश्वसनीयताका कारण आइएमईले छोटो समयमै लाखौं नेपालीको विश्वास जित्न सफल भयो।
हाल आइएमईले देशभर १०,००० भन्दा बढी एजेन्ट तथा ५० भन्दा बढी देशबाट सेवा उपलब्ध गराउने सुविधा विकास गरिसकेको छ। यसले बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा ग्रामीण भेगसम्म पैसा पु्र्याउने कार्यमा समेत नेतृत्वदायी भूमिका खेलिरहेको छ।
आइएमईले सुरु गरेको रेमिट्यान्स सेवा केवल पैसा पठाउने माध्यम नभई विदेशमा श्रम गरिरहेका नेपालीलाई देशसँग जोड्ने पुल बनेको छ। यसले वैदेशिक आम्दानीलाई औपचारिक प्रणालीमा ल्याउँदै राष्ट्रको विदेशी मुद्रा सञ्चिति बढाउने, ग्रामीण आर्थिक गतिविधिमा योगदान पुर्याउने तथा आधुनिक वित्तीय पहुँचलाई विस्तार गरेकाे छ।